मन्त्री नेम्वाङ र रसियाका राजदूत एलेक्सीबीच भेटवार्ता « Khabarhub

मन्त्री नेम्वाङ र रसियाका राजदूत एलेक्सीबीच भेटवार्ता


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङ र नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकोभबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मंगलबार दुई जनाबीच भेटवार्ता भएको हो।

भेटवार्तामा मन्त्री नेम्वाङले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) विरुद्धको खोप रुसले तयार गर्दै गरेकोमा बधाई दिनुका साथै पूर्ण सफलताको कामना गर्दै विश्व मानव जातिलाई बचाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

मन्त्री नेम्वाङले पूर्वपश्चिम विद्युतीय रेलमार्गको इनरुवा–बर्दिबास खण्डको निर्माणमा लगानीसहितको सहकार्यबारे छलफल गरेका थिए। त्यस्तै करिब ४.५ अर्ब लागत लाग्न सक्ने ७२ किलोमिटर लम्बाइ रहेको संघीय राजधानी काठमाडौँको मेट्रो प्रोजेक्टमा समेत रुसी सहकार्य सम्बन्धमा छलफल भएको छ।

उक्त मेट्रो प्रोजेक्टको पाँच खण्डमध्ये कुनै पनि खण्डमा रुसी प्रविधि र लगानी सहित सहभागी हुन गरिएको प्रस्तावमा राजदूत नोभिकोभले नेपालको विकासमा सहकार्य गर्न आफू उत्साहित रहेको र रसियन सरकारसँग पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।

भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धबारे छलफल हुनुका साथै रुसी सहयोगमा निर्माण भएका विगतका परियोजनाहरु कान्ति अस्पताल, पनौती हाइड्रो इलेक्ट्रिक स्टेशन, पूर्वपश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्ड, जनकपुर सिगरेट उद्योग, कृषि औजार कारखाना, विरगञ्ज सुगर मिल र रोजिन एण्ड टर्बाइन प्लान्टबारे समेत छलफल भएको छ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ६ : २२ बजे

गाजामा स्वास्थ्य सेवा बन्द गर्न इजरायली सेनाको आदेश

एजेन्सी– सयुक्त राट्रसङघीय एजेन्सि युएनआरडब्लुएद्वारा संचालित स्वास्थ्य केन्द्रमा इजरायली सेनाले

गगन थापा पक्षीय कांग्रेस केन्द्रीय समितिको बैठक (तस्बिरहरू) 

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक

टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

महेन्द्रनगर– जनकपुरधामका फरक दुई स्थानमा टिपरको ठक्करबाट भएका दुर्घटनामा एक

मध्य जाडोमै स्विमसुटमा प्रियंकाको हट तस्बिर

काठमाडौं – जाडो मौसमको मध्यमा नायिका प्रियंका कार्कीले स्विमसुटमा हट

सङ्गठित अपराधमा लामिछानेलाई उन्मुक्ति दिनखोज्नु आपत्तिजनक : जेनजी मुभमेन्ट 

काठमाडौं– जेनजी मुभमेन्ट नेपालले सहकारी ठगीको आरोपका साथसाथै सम्पत्ति शुद्धीकरण