बारामा थप दुई कोरोना संक्रमितको मृत्यु « Khabarhub

बारामा थप दुई कोरोना संक्रमितको मृत्यु


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- बारामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नारायणी अस्पताल वीरगंजका डाक्टर उदय नारायण सिंहले बाराका २ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको खबरहबलाई बताए ।

डा सिंहका अनुसार बाराको पर्सुरामपुर– ४ का ७४ वर्षका एक पुरुषको मंगलबार बिहान ९ बजे उपचारको क्रममा मृत्युभएको हो ।

ती पुरुष कोरोना पोजेटिभ भए पनि होम आइसोलेसनमा रहेका थिए । तर स्वास्थ्यमा समस्या देखिएपछि सोमबार गण्डक कोभिड विशेष अस्पतालमा भर्ना भएका थिए ।

उनको आज बिहान ६ बजे मृत्युभएको डा सिंहको भनाइ छ ।

यस्तै अर्का मृतक संक्रमित महागढीमाई–४ का ५९ वर्षका पुरुष हुन् । उनको पनि आज बिहान १० बजे मृत्युभएको डा सिंहको भनाइ छ ।

यी दुवै संक्रमितको आज बिहान मृत्युभए पनि स्वास्थ्य मन्त्रालयको आजको नियमित लाइभ अपडेटमा भने अध्यावधिक गरेको छैन ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ६ : २८ बजे

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ

एसियाली खेलकुद : आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

काठमाडौँ– जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा