सबै संक्रमित निको भए, रुकुमपूर्व ‘ग्रीनजोन’मा « Khabarhub

सबै संक्रमित निको भए, रुकुमपूर्व ‘ग्रीनजोन’मा


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम- रुकुम (पूर्व) जिल्ला तत्कालका लागि कोरोना सङ्क्रमणमुक्त भएको छ । जिल्लामा भेटिएका २४ कोरोना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् ।

आइसोलेसनमा बसेका सबै सङ्क्रमित निको भएर घर फर्किएपछि तत्काललाई जिल्ला कोरोना सङ्क्रमणमुक्त भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवप्रसाद शर्माले बताए ।

जिल्लामा अहिले शून्य सङ्क्रमणको अवस्था भए पनि पुनः सङ्क्रमण देखिने जोखिम कायमै रहेकाले थप सचेतना अपनाउन आग्रह गरिएको छ ।

कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि प्रहरी, प्रशासन, स्थानीय सरकार सबैले उच्च सतर्कता अपनाउँदै कडाइ गरेका छन् । यहाँ घर बाहिर निस्कनेलाई मास्क र जिल्ला भित्रिने जोसुकैलाई पनि पिसिआर परीक्षणको रिपोर्ट पनि अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसका साथै गए राति १२ बजेदेखि लागू हुनेगरी १४ गते राति १२ बजेसम्मका लागि जिल्ला भित्रिने सबै सीमानाका बन्द गरिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ७ : ५१ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ