सबै संक्रमित निको भए, रुकुमपूर्व ‘ग्रीनजोन’मा « Khabarhub

सबै संक्रमित निको भए, रुकुमपूर्व ‘ग्रीनजोन’मा


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम- रुकुम (पूर्व) जिल्ला तत्कालका लागि कोरोना सङ्क्रमणमुक्त भएको छ । जिल्लामा भेटिएका २४ कोरोना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् ।

आइसोलेसनमा बसेका सबै सङ्क्रमित निको भएर घर फर्किएपछि तत्काललाई जिल्ला कोरोना सङ्क्रमणमुक्त भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवप्रसाद शर्माले बताए ।

जिल्लामा अहिले शून्य सङ्क्रमणको अवस्था भए पनि पुनः सङ्क्रमण देखिने जोखिम कायमै रहेकाले थप सचेतना अपनाउन आग्रह गरिएको छ ।

कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि प्रहरी, प्रशासन, स्थानीय सरकार सबैले उच्च सतर्कता अपनाउँदै कडाइ गरेका छन् । यहाँ घर बाहिर निस्कनेलाई मास्क र जिल्ला भित्रिने जोसुकैलाई पनि पिसिआर परीक्षणको रिपोर्ट पनि अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसका साथै गए राति १२ बजेदेखि लागू हुनेगरी १४ गते राति १२ बजेसम्मका लागि जिल्ला भित्रिने सबै सीमानाका बन्द गरिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ७ : ५१ बजे

डीपी प्रतिनिधि सभाको सभामुखमा निर्विराेध निर्वाचित

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल प्रतिनिधि

निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत रसियन फिल्म

डीपीको वाचा : सभामुखमा निर्वाचित भए न्यायसम्मत काम गर्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डीपी अर्यालले सभामुखमा निर्वाचित भए

स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध : मन्त्री रावल

काठमाडौं– नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा

नब्बे प्रतिशत छायाङ्कन भइसकेको ‘पाँच पाण्डव’बाट निकालिए सागर लम्साल ‘बले’

काठमाडौं– बलात्कार आरोप लागेपछि  कर्णाली फिल्म्स प्रालिले निर्माण गरिरहेको चलचित्र पाँच