ओमानमा नेपाली दूतावासका लागि ‘जग्गा प्राप्ति सम्बन्धी सम्झौता’मा हस्ताक्षर « Khabarhub

ओमानमा नेपाली दूतावासका लागि ‘जग्गा प्राप्ति सम्बन्धी सम्झौता’मा हस्ताक्षर



दोहा- नेपाली दूतावास तथा नियोग प्रमुखको आवासीय भवन निर्माणार्थ नेपाल सरकार र ‌ओमान सरकारबीच जग्गा प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

ओमानको परराष्ट्र मन्त्रालयमा भएको कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर भएको हो । ओमानको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव (प्रशासन तथा लेखा) महामहिम मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबि र नेपाल सरकारको तर्फबाट ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुरूप ओमानको कूटनीतिक हाताभित्र ४१०० वर्ग मिटर क्षेत्रफलको जग्गा २० वर्षलाई लिजमा लिइएको छ भने उक्त अवधि पश्चात् आपसी सहमतिमा सम्झौताको अवधि बढाइनेछ।

सम्झौतापत्रमा हस्ताक्षर पश्चात महामहिम मोहम्मद विन नासिरले नेपाल लगायत सम्पूर्ण मुलुकहरूसँग ओमानले प्रगाढ सम्बन्ध राख्ने परराष्ट्र नीति रहेको बताए ।

उनले नेपालसँगको सम्बन्ध अझ विशेष महत्वको रहेको बताए ।

महामहिमले नेपालसँगै सम्झौतापत्रमा हस्ताक्षर भएकोमा महामहिम राजदूतलाई बधाई  दिंदै आगामी दिनमा समेत सहकार्यका लागि ओमान सरकार प्रतिबद्ध रहेको बताए ।

उनले नेपाल-ओमानबीच द्विपक्षीय व्यपार, लगानी, पर्यटन लगायतका क्षेत्रमासमेत आगामी दिनमा सहकार्य बढाउँदै लैजापर्ने धारणा व्यक्त गरेको दूतावासले जनाएको छ ।

नेपाली दूतावास भएका देशहरूमा आफ्नै भवन बनाउने नेपाल सरकारको नीति बमोजिम मस्कटमा दूतावासको आफ्नै भवन बनाउनका लागि जग्गा प्राप्तिको पहिलो काम सम्पन्न भएको दूतावासले जनाएको छ ।

दूतावासको आफ्नै भवन भएमा ओमान लगायत समग्र खाडी क्षेत्रमा रहेका करिब १५ लाख नेपालीहरूलाई पनि दैनिक सेवा लिन थप सहज हुने दूतावासले जनाएको छ ।

त्यसैगरी दूतावसको आफ्नै भवन हुँदा वर्षेनी घर भाडामा हुने खर्चमा कटौती भई दीर्घकालीन रूपमा मुलुकलाई आर्थिक रूपमा समेत बोझ कम हुनेछ।

उक्त भवनबाट नेपाली उत्पादनहरूको प्रदर्शनीलाई स्थायी तथा बृहत बनाई व्यपार तथा पर्यटन प्रवर्द्धनमा समेत थप योगदान पुर्‍याउने दूतावासको योजना रहेको छ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ९ : १२ बजे

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका