ओमानमा नेपाली दूतावासका लागि 'जग्गा प्राप्ति सम्बन्धी सम्झौता'मा हस्ताक्षर | Khabarhub Khabarhub

ओमानमा नेपाली दूतावासका लागि ‘जग्गा प्राप्ति सम्बन्धी सम्झौता’मा हस्ताक्षर



दोहा- नेपाली दूतावास तथा नियोग प्रमुखको आवासीय भवन निर्माणार्थ नेपाल सरकार र ‌ओमान सरकारबीच जग्गा प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

ओमानको परराष्ट्र मन्त्रालयमा भएको कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर भएको हो । ओमानको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव (प्रशासन तथा लेखा) महामहिम मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबि र नेपाल सरकारको तर्फबाट ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुरूप ओमानको कूटनीतिक हाताभित्र ४१०० वर्ग मिटर क्षेत्रफलको जग्गा २० वर्षलाई लिजमा लिइएको छ भने उक्त अवधि पश्चात् आपसी सहमतिमा सम्झौताको अवधि बढाइनेछ।

सम्झौतापत्रमा हस्ताक्षर पश्चात महामहिम मोहम्मद विन नासिरले नेपाल लगायत सम्पूर्ण मुलुकहरूसँग ओमानले प्रगाढ सम्बन्ध राख्ने परराष्ट्र नीति रहेको बताए ।

उनले नेपालसँगको सम्बन्ध अझ विशेष महत्वको रहेको बताए ।

महामहिमले नेपालसँगै सम्झौतापत्रमा हस्ताक्षर भएकोमा महामहिम राजदूतलाई बधाई  दिंदै आगामी दिनमा समेत सहकार्यका लागि ओमान सरकार प्रतिबद्ध रहेको बताए ।

उनले नेपाल-ओमानबीच द्विपक्षीय व्यपार, लगानी, पर्यटन लगायतका क्षेत्रमासमेत आगामी दिनमा सहकार्य बढाउँदै लैजापर्ने धारणा व्यक्त गरेको दूतावासले जनाएको छ ।

नेपाली दूतावास भएका देशहरूमा आफ्नै भवन बनाउने नेपाल सरकारको नीति बमोजिम मस्कटमा दूतावासको आफ्नै भवन बनाउनका लागि जग्गा प्राप्तिको पहिलो काम सम्पन्न भएको दूतावासले जनाएको छ ।

दूतावासको आफ्नै भवन भएमा ओमान लगायत समग्र खाडी क्षेत्रमा रहेका करिब १५ लाख नेपालीहरूलाई पनि दैनिक सेवा लिन थप सहज हुने दूतावासले जनाएको छ ।

त्यसैगरी दूतावसको आफ्नै भवन हुँदा वर्षेनी घर भाडामा हुने खर्चमा कटौती भई दीर्घकालीन रूपमा मुलुकलाई आर्थिक रूपमा समेत बोझ कम हुनेछ।

उक्त भवनबाट नेपाली उत्पादनहरूको प्रदर्शनीलाई स्थायी तथा बृहत बनाई व्यपार तथा पर्यटन प्रवर्द्धनमा समेत थप योगदान पुर्‍याउने दूतावासको योजना रहेको छ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ९ : १२ बजे

आज २०८२ साल साउन २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन २ गते शुक्रबार। साउन

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

गोपालगञ्ज – अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच भएको

भरतपुरमा ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर – चितवनमा ट्र्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको

मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे

मुस्ताङ – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा

मुस्ताङमा साइकल ट्रेल

मुस्ताङ – मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल