काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्नेबारे निर्णय बुधबार हुने « Khabarhub

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्नेबारे निर्णय बुधबार हुने


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकाका तीन जिल्लामा ३ भदौदेखि जारी निषेधाज्ञा थप एक साता लम्ब्याउनेबारे निर्णय (बुधबार) मात्र निर्णय हुने भएको छ।

मंगलबार रातिसम्म बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको संयुक्त बैठकले यसबारे छलफल गरे पनि निर्णय भने बुधबार मात्र गर्ने भएको हो ।

संयुक्त बैठकमा यसबारे छलफल भए पनि कुनै निर्णय नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

“आज छलफल मात्र भयो”, दाहालले भने, “हामी भोलि फेरि बसेर आवश्यक निर्णय लिन्छौं।”

बुधबार उपत्यकाका तीन जिल्लाकै सीडीओहरुको संयुक्त बैठक बस्ने तय भएको छ।

यसअघि आज दिउँसो तीनजना प्रजिअसहित बसेको काठमाडौं, ललितपुर र भक्तपुरका कोभिड-१९ जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले १७ भदौ मध्यरातसम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने सिफारिस गरेको थियो।

गत साउन ३ गते राति १२ बजेदेखि लागू हुने गरी तीनै जिल्लाका प्रजिअसहितको बैठकले एक साताका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो। उक्त आदेश भोलि बुधबार राति १२ बजे सकिँदैछ।

निषेधाज्ञा जारी भएपछि अत्यावश्यकबाहेकका गतिविधि रोकिएका छन्। सङ्क्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम आदेश जारी गरिएको हो।

यस अवधिमा अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालन गर्नसमेत निषेध गरिएको छ।

अत्यावश्यक सामग्रीलगायत मालवाहक ढुवानीका सवारीसाधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीबाहेक काठमाडौं उपत्यकाभित्र सवारी प्रवेशमा समेत निषेध गरिएको छ।

निषेधाज्ञाको समयमा पानी र औषधीजन्य सामग्रीका व्यवसाय चौबीसै घण्टा खुला गर्न पाइने र अन्य खाद्यान्न, तरकारी, फलफूल तथा दुग्धजन्य खाद्य पदार्थका व्यवसाय भने बिहान ९ : १५ सम्म मात्रै सञ्चालन गर्न पाइने काठमाडाैं प्रशासनले जनाएको छ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  १० : ३० बजे

आइतबारको बिदाले सुनसान देखिएको सिंहदरबार (तस्बिरहरू)

काठमाडौं– संघीय सरकारको प्रमुख प्रशासनिक केन्द्रको रूपमा रहेको सिंहदरबार आइतबारको

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौं– नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम अत्यन्तै

मुकुन्डो नाच पुस्तक विमोचन

काठमाडौं– काठमाडौं, ललितपुर र भक्तपुरमा मनाइने नेवार समुदायको परम्परागत मुकुन्डो

मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु

भक्तपुर– चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलधामस्थित मत्स्यनारायण मन्दिर परिसरमा तीनसय वर्ष

सुदूरपश्चिमको सम्भावनाबारे धनगढीमा बहस : लगानी भित्र्याउन जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सम्भावनाले भरिपूर्ण रहेकाले सरकारले लगानीको वातावरण बनाउनुपर्नेमा