एन्फाले प्रशिक्षकका लागि विभिन्न ११ कोर्स सञ्चालन गर्दै | Khabarhub Khabarhub

एन्फाले प्रशिक्षकका लागि विभिन्न ११ कोर्स सञ्चालन गर्दै


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०२०-२१ सिजनका लागि विभिन्न ११ अनलाइन कोर्स सञ्चालन गर्ने भएको छ ।

मंगलबार एन्फाले सबै कोर्सका लागि कोर्स डिटेल र त्यसको मिति पनि सार्वजनिक गरेको छ ।

कोरोना भाइरसको जोखिमका कारण फुटबल गतिविधि ठप्प रहँदा एन्फाले नयाँ योजना सार्वजनिक गरेको हो।

एन्फाले आफ्नै अफिसियल बेवसाइटमा सबै कोर्सबारे जानकारी राखेको छ । साथै कोर्स गर्न इच्छुकहरुले एन्फाको बेवसाइटमार्फत नै आवेदन दिन सकिने जनाएको छ ।

एन्फाले एन्फा/एएफसी कोचिङ लाइसेन्सका लागि विभिन्न ६ कोर्स सञ्चालन गर्ने भएको छ । यस्तै एएफसी स्पेसयल कोर्स अन्तर्गत फिटनेस कोर्स, एएफसी गोलकिपिङ कोर्स र एएफसी फुटसल कोर्च सञ्चालन गर्ने भएको छ ।

कोर्स गर्न इच्छुक कोचहरुले आफ्नो सम्पूर्ण विवरण एन्फाले राखेको फर्ममा भर्नुपर्नेछ ।

एन्फाले २०२० अक्टोबरमा ग्रासरुट कोचिङ कोर्स गर्नेछ । दुई दिने यो कोर्स फुटबल सम्बन्धी आधारभूत ज्ञान भएकोले निशुल्क लिन सक्नेछन् ।

यस्तै यसै वर्ष डिसेम्बरमा कम्युनिटी कोचिङ कोर्स (जसलाई डी लाइसेन्स पनि भनिएको छ) गर्ने भएको छ । चार दिन सञ्चालन हुने यो कोर्स लिन ३ हजार शुल्क लाग्नेछ भने यसका लागि फुटबल खेलाडी भएको हुनुपर्नेछ ।

यसैगरी एएफसी ‘बी’ र ‘सी’ लाइसेन्स कोचिङ कोर्स २०२१ जनवरीमा हुन्छ । ८ दिनको सी लाइसेन्सस कोर्सका लागि कम्युनिटी कोर्स पास गरेको हुनुपर्नेछ भने ५ हजार शुल्क लाग्नेछ ।

यस्तै १२ दिन सञ्चालन हुने ‘बी’ लाइसेन्स कोर्सका लागि ‘सी’ कोर्स गरेको हुनुपर्नेछ भने शुल्का ७ हजार लाग्नेछ ।

२०२० नोभेम्बरमा एएफसी ‘बी’ लाइसेन्स कोर्स सञ्चालन हुनेछ । ‘बी’ कोर्स पूरा गरेकोले यो कोर्स गर्न पाउनेछन् । यसका लागि १० हजार शुल्क लाग्नेछ । यो कोर्स १८ दिनको हुनेछ ।

यस्तै एन्फा एडभान्स युथ कोचिङ कोर्स २०२० डिसेम्बरमा हुनेछ । एएफसी ‘सी’ लाइसेन्स पास भएकोले यो कोर्स लिन पाउनेछन् र १० हजार शुल्क लाग्नेछ ।

यसैगरी २०२१ फेब्रुअरीमा एएफसी फिटनेस लेभल वान ‘ए’ कोचिङ कोर्स हुनेछ ।

५ दिनको यो कोर्सका लागि एएफसी ‘सी’ लाइसेन्स भएको हुनुपर्नेछ भने ३ हजार शुल्क लाग्नेछ ।

एएफसी फिटनेसकै लेभल वान ‘बी’ कोचिङ कोर्स २०२१ मार्चमा हुनेछ । ५ दिनकै यो कोर्सका लागि फिटनेस लेभल वान ‘ए’ पास गरेको हुनुपर्नेछ भने ५ हजार शुल्क लाग्नेछ ।

यस्तै एएफसी गोलकिपिङ लेभल वान कोचिङ कोर्स २०२१ जुनमा अञ्चालन हुनेछ । एएससी ‘सी’ लाइसेन्स भएकाले यो कोर्स लिन पाउनेछन् र ३ हजार शुल्क लाग्नेछ ।

यस्तै गोलकिपिङ लेभल २ कोचिङ कोर्स २०२१ डिसम्बरमा हुनेछ । यस कोर्स गर्नका लागि एएफसी ‘बी’ लाइसेन्स र एएफसी गोलकिपिङ लेभल वान कोर्स पास भएको हुनुपर्नेछ ।

एएफसी फुटबसल लेभल वान कोचिङ कोर्स २०२१ जुलाईमा हुनेछ । फुटसल खेलाडी भएकोले यो कोर्स गर्न पाउनेछन् र शुल्क ३ हजार लाग्नेछ ।

कोरोना महामारीको कारणले गर्दा तोकिएको कोर्स सञ्चालन मितिमा हेरफेर हुनसक्ने एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए ।

साथै छनोटमा परेका कोचहरुलाई कोर्स हुने स्थान र अन्य सबै जानकारी गराइने पनि अध्यक्ष शेर्पाले बताए ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ११ : १० बजे

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता