अज्ञात रोगले बाख्रा मर्न थालेपछि किसान चिन्तित | Khabarhub Khabarhub

अज्ञात रोगले बाख्रा मर्न थालेपछि किसान चिन्तित


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकाका किसानले पालेका बाख्रा अज्ञात रोगले मर्न थालेपछि किसान चिन्तित भएका छन् ।

ज्वरो आउने, कान सुन्निने, सिङको फेदमा सुन्निने, नाक थुन्निने, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएको केही दिनमै बाख्रा मर्न थालेपछि किसान चिन्तित भएका हुन् ।

गत असारदेखि फैलिएको अज्ञात रोगका कारण धमाधम बाख्रा मरेपछि दुवै गाउँपालिकाका अधिकांश किसानका खोर नै रित्तिएको स्थानीयवासीले बताएका छन् । अज्ञात रोगले धमाधम बाख्रा मर्न थालेपछि व्यावसायिक रुपमा बाख्रा पालन गर्दै आएका किसान सबैभन्दा बढी मारमा परेका छन् ।

अज्ञात रोगले खोरमा पालिएका नौँवटा बाख्रा मर्दा खोर नै रित्तिएको जन्तेढुङ्गा गाउँपालिका–५ खुटाकी रिता खत्रीले बताइन् ।

“मैले पालेको बाख्रामा असारदेखि रोग देखिएको हो । आज बिरामी भएको बाख्रा भोलि खोरमै मरिरहेको हुन्थ्यो”, उनले भनिन्, “खोर नै रित्तो भएपछि पुनः चारवटा बाख्रा ल्याएर हालेको छु ।”

बाख्रामा फैलिएको रोग नियन्त्रण गर्न हालसम्म गाउँपालिकाको तर्फबाट कुनै पनि प्रयास नभएको किसानको गुनासो छ । अज्ञात रोगबाट बाख्रा मर्नेक्रम अहिले पनि जारी रहेको खुटाकै स्थानीय बासिन्दा मिनबहादुर खड्काले बताए ।

अज्ञात रोगले खुटाका ढकबहादुर परियारको पाँचवटा बाख्रा र दुईवटा खसी, गोपाल पौडेलको तीनवटा बोका, एकवटा खसी र एकवटा बाख्रा, गणेश खड्काको एकवटा खसी, दुर्गा खड्काको तीनवटा बोका, डाईश्वर कार्कीको एक वटा बोका मरिसकेका छन् ।

यसबीचमा बलबहादुर खड्काको सातवटा, झुना खत्रीको पाँचवटा, मिनबहादुर खड्काको छवटा, जितबहादुर कार्की र वीरबहादुर खड्काको चार÷चारवटा, जानुका खड्काको तीनवटा र शुभ सुवेदीको चारवटा बाख्रा मरिसकेको जनाइएको छ ।

बाख्रामा फैलिएको रोगको विषयमा हालसम्म कसैले पनि जानकारी नगराएको गाउँपालिकाका पशु शाखा संयोजक मनमायाँ योन्जनले बताइन् ।

“अहिलेसम्म बाख्रामा देखिएको समस्याको बारेमा कसैबाट पनि जानकारी आएको छैन”, उनले भनिन्, “जानकारी आएको खण्डमा तत्काल प्राविधिकलाई फिल्डमा पठाएर औषधि उपचार गरिनेछ । गत वर्ष पनि यस गाउँपालिकामा बाख्रामा अज्ञात रोग देखा परेकाले यसवर्ष समयमै औषधि ल्याएर पूर्व तयारी गरिएको छ ।”

उता, खोटेहाङ गाउँपालिकाका किसानले पालेका बाख्रामा समेत अज्ञात रोग देखा परेको गाउँपालिकाले जनाएको छ । वडा नम्बर–१ लिकुवापोखरीका भविन कार्की र प्रेमकुमार राईको बाख्रा फर्ममा पालिएका बाख्रा धमाधम मर्ने क्रम जारी रहेको बताइएको छ ।

अहिलेसम्म उक्त गाउँपालिकाको वडा नम्बर–७ खोटाङबजारका लोमस ढकालका चारवटा, तुलसीराम चौलागाईँको छ, डम्बर चौलागाईँको सात, गोपाल ढकालको पाँच, मानबहादुर मगरको सातवटा बाख्रा मरिसकेको जनाइएको छ ।

यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका विभिन्न वडाका किसानले पालेका बाख्रामा समेत अज्ञात रोग देखा परेको किसानले बताएका छन् ।

जिल्लाका किसानले पालेका बाख्रामा फैलिएको अज्ञात रोगका बारेमा अहिलेसम्म आफूसँग कुनै जानकारी नआएको भेटेनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय खोटाङका प्रमुख चन्द्रकिशोर यादवले बताए ।

“पीडित किसानबाट अहिलेसम्म गुनासो आएको छैन”, उनले भने, “सम्बन्धित क्षेत्रमा खटिएका प्राविधिकसँग समन्वय गरेर किसानको समस्या हल गरिनेछ ।” दश स्थानीय तह रहेको जिल्लाका विभिन्न ठाउँका किसानले पालेका बाख्रामा गत वर्ष पनि अज्ञात रोग फैलिएको थियो । जिल्लाका अधिकांश किसानले व्यावसायिक रुपमा बाख्रा पालन शुरु गरेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ६ : १७ बजे

कराँचीमा भवन भत्किँदा १२ जनाको मृत्यु

कराँची– पाकिस्तानको कराँचीमा लियारी भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १२

कुलिङ पिरियड विवाद : सात सदस्यीय विशेष समिति गठन गर्ने निर्णय

काठमाडौं– ‘संघीय निजामती सेवा विधेयक २०८०’ मा व्यवस्था गरिएको कुलिङ

एमाले बाहेकका पाँच कम्युनिष्ट घटकको संयुक्त बैठक, इजरायलविरुद्ध अभियान चलाउने

काठमाडौं – नेकपा (माओवादी केन्द्र) लगाएका दलहरूले इजरायलले मध्यपूर्वका मुलुकमाथि

‘गीत सङ्गीतले राजनीतिक एवं सामाजिक परिवर्तनका लागि सहयोग गरेको छ’

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले गीत सङ्गीतले राजनीतिक

पाँच कम्युनिष्ट पार्टी एकै ठाउँ, राजनीतिक विषयमा छलफल

काठमाडौं– देशका विभिन्न पाँच कम्युनिष्ट पार्टीहरूले छलफल थालेका छन् ।