साउदीको रियाद तथा दमामबाट हुने उडान तालिका सार्वजनिक « Khabarhub

साउदीको रियाद तथा दमामबाट हुने उडान तालिका सार्वजनिक



दोहा – साउदी अरबको रियाद तथा दमामबाट काठमाडौंका लागि ३० वटा नियमित उडान हुने भएको छ। साउदीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै थप उडान हुने जनाउँदै उडान तालिका सार्वजनिक गरेको हो ।

दूतावासका अनुसार नेपाल एअरलाइन्सले अक्टोबर ३,४,७,९ र १० तारिखमा रियादबाट उडान हुने जनाउँदै नेपाल जानका लागि टिकट लिन सकिने जनाएको छ । यसैगरी हिमालय एअरलाइन्सले दमाम बाटै सेप्टेम्बर अक्टोबर १ देखि २४ तारिख सम्म हरेक दिन गरि २५ वटा उडान हुने जनाएको छ ।

साउदी अरबबाट पीसीआर परीक्षण गरेर नेपाल जाने यात्रुले ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट समेत साथमा लिनुपर्ने जनाएको छ ।

यात्रुले उडान समयको ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएको प्रमाण र कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको वेबसाइटमा राखिएको अनलाइन इन्ट्री फारम भरेर तत्पश्चात उत्पन्न हुने बारकोड वा प्रिन्ट कपी अनिवार्य रुपमा लिएर जानुपर्ने सूचनामा उल्लेख छ।

पीसीआर परीक्षण नगरी स्वदेश फर्किने यात्रुहरुले नेपाल पुगेपछि ७ दिनसम्म आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने दूतावासले जनाएको छ । होटल क्वारेन्टाइनमा बस्ने शुल्क तिर्दा अनिवार्य रुपमा यात्रुहरुलाई रसिद लिन दूतावासले अनुरोध गरेको छ ।

टिकट दिँदा भिसा सकिएका तथा सकिन लागेकाहरुलाई बढी प्राथमिकता दिन ट्राभल एजेन्सी दूतावासले अनुरोध गरेको छ ।

साथै, नेपाल सरकारको पछिल्लो पत्रअनुसार सेप्टेम्बर २७ र २८ तारिख सलाम एअरले रियादबाट उडान गर्ने समेत दूतावासले जनाएको छ ।

सो उडानको भाडादर नेपाल सरकारले निर्धारण गरे बमोजिम १७५० साउदी रियाल नै हुने दूतावासले जनाएको छ ।

यसअघि दूतावासले सार्वजनिक गरेको उडान तालिका अनुसार नेपाल एअरलाइन्सले सेप्टेम्बर २८ तारिखमा दमामबाट उडान गर्नेछ । यसैगरी, हिमालय एयरलाइन्सले सेप्टेम्बर २६ र २९ तारिखमा रियादबाट उडान गर्ने जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ७ : ४० बजे

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ- उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्यांग्रा

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

नयाँले पुरानाको खेदो खनेर सुशासन खोजे : एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिले सुशासनलाई

दुई वर्षमा सक्नुपर्ने मल्याङ्दीखोला मोटरेबल पुलको काम २५ प्रतिशत मात्र

पर्वत– पर्वतको कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने मोटरेबल पुल

रातो मच्छिन्द्रनाथ जात्राको अनुत्तरित प्रश्न- ‘यो भोटो कसको हो ?’

काठमाडौँ उपत्यकाको सांस्कृतिक जीवनको सबैभन्दा महत्त्वपूर्ण र भव्य परम्परामध्ये एक