कुकुरले सुँघेर कोभिड-१९ पत्ता लगाउने ! « Khabarhub

कुकुरले सुँघेर कोभिड-१९ पत्ता लगाउने !


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कुकुरले सुँघेर बिस्फोटक पदार्थ र ड्रग्स पत्ता लगाउने विषय नौलो होइन । विश्वका धेरै विमानस्थलमा यस्ता कुकुर परिचालन गरिएका हुन्छन् ।

तर, फिनल्यान्डको हेलसिन्की विमानस्थलमा परिचालित १० वटा कुकुर साँच्चै अनौठा छन् । विमानस्थल सञ्चालक फिनाभियाकाअनुसार मंगलबारबाट सुँघेर कोरोना भाइरस पत्ता लगाउने कुकुरहरुको समूह यहाँ परिचालन गरिएको छ ।

युरोपमा कोरोना भाइरसविरुद्धको लडाँइमा कुकुर प्रयोग गरिएको यो पहिलो अवसर हो । विश्वमा भने यस्तो प्रयोग दोस्रो हो । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक कोरोना पहिचानका लागि कुकुर प्रयोग गरिएको थियो ।

‘कोभिड–१९ जित्नका लागि यो एक अतिरिक्त कदम हुनसक्छ,’ हेलसिन्की विमानस्थलका निर्देशक उल्ला लेट्टीजेफले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । फिनाभियाकाअनुसार तालिमप्राप्त कुकुरहरुले १०० मोलेक्लुस वा त्यसभन्दा पनि कम कण पत्ता लगाउन सक्छन् ।

जो पिसिआर परीक्षणमा प्रयोग हुने १९ मिलियन मोलेक्लुसको दाँजोमा निकै कम हो । हेलसिन्की विश्वविद्यालयले गरेको अध्ययनअनुसार कुकुरले भाइरस पहिचान झन्डै १ सय प्रतिशत नै सही गर्छ । जबकी, पिसिआरले सही नतिजा दिने दर ६६ देखि ८० प्रतिशत छ ।

यसअघि दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुँघेर कोरोना भाइरस पत्ता लगाउने कुकुरहरु यसरी नै परिचालन गरिएको थियो, जहाँ ९१ प्रतिशत सही नतिजा निस्किएको थियो ।

विमानस्थलका सञ्चालकहरुका अनुसार परीक्षण ल्याबको दाँजोमा कुकुरले अझै चाडों अर्थात् संक्रमित व्यक्तिले लक्षण देखाउनुअघि नै संक्रमित पहिचान गर्छ ।

कुकुरहरुलाई यस अपरेशनका लागि तालिम प्रदान गर्ने कम्पनी वाइज नोजका सिइओ सुसान्ना पाभिलाइनेनका अनुसार कुकुहरुको मुख्य प्रयोग देशबाहिरबाट आउने पर्यटकहरुको परीक्षणका लागि गरिन्छ ।

विमानस्थलमा परीक्षण गरिने यात्रुहरु कुकुरको प्रत्यक्ष सम्पर्कमा भने आउदैंनन् । बरु, यात्रुहरुले आफ्नै छाला कोट्टयाएर त्यसको नमूना एउटा कपमा हालिदिन्छ । त्यसपछि फरक वुथमा रहेको कुकुर समक्ष यो लगिन्छ ।

परीक्षण वैकल्पिक हो र यात्रुहरु नाम पनि सार्वजनिक गरिदैंन, यात्रुहरुले आफ्नो स्वइच्छाले यसरी नमूना पठाइरहेका छन् ।

पोजेटिभ परीक्षण भएका यात्रुलाई विमानस्थलभित्रको सिटी हेल्थ इन्फर्मेसन पोइन्टमा पठाइन्छ । यस अपरेशनमा सहभागी अधिकांश कुकुरहरुले पहिले पनि सुँघेर पत्ता लगाउने काम गरिरहेका थिए । फिनाभियाका अनुसार अपरेशनमा सक्रिय कोस्सी नामको एक कुकुरले केवल ७ मिनेटमा सुँघेर कोरोना भाइरस पत्ता लगाउन सक्छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ९ : ४७ बजे

हाँडेभिर-बगरफाँट-भकिम्ली सडक स्तरोन्नति गरिँदै

गलेश्वर– ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर-बगरफाँट-दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको

गोदावरीका अतिक्रमित संरचना हटाउन सुरु

गोदावरी– कैलालीको गोदावरी नगरपालिका-२ स्थित दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा अतिक्रमण