बेलायतमा दैनिक रुपमा महामारी शुरु भए यताकै धेरै सङ्क्रमित | Khabarhub Khabarhub

बेलायतमा दैनिक रुपमा महामारी शुरु भए यताकै धेरै सङ्क्रमित


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन – बेलायतमा पछिल्ला दिनहरुमा धेरै जना सङ्क्रमित भेटिन थालेका छन् । यहाँका अधिकारीहरुले बेलायतमा महामारी शुरु भए यताकै धेरै सङ्क्रमित एक दिनमा भेटिन थालेका अधिकारीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार बिहीबार मात्र त्यस अघिको २४ घन्टामा यहाँ ६ हजार ६३४ जना नयाँ सङ्क्रमित थपिएका छन् ।यो यहाँ सङ्क्रमण शुरु भए यताको ठूलो संख्या हो । यो समेत गरी यहाँ सङ्क्रमितको जम्मा संख्या पनि ४ लाखभन्दा बढी पुगेको छ ।

यहाँको जनस्वास्थ्य कार्यालयले बेलायतमा ४ लाख १६ हजार ३६३ जना सङ्क्रमित पुगेका बिहीबार जानकारी गराएको समाचारमा जनाइएको छ ।

बिहीबार ४० जनाको ज्यान गएको समाचारमा जनाइएको छ । यो समेत गरी बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ हजार ९०२ पुगेको बताइएको छ ।

बुधबार पनि यहाँ ६ हजार १७८ जना नयाँ संक्रमित भेटिएका थिए । त्यस दिन यहाँ ३७ जनाको ज्यान गएको थियो । बेलायतमा दोस्रो चरणको संक्रमण देखिएको यहाँका जनस्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ६ : ४५ बजे

दशैँ सुरु भएसँगै काठमाडौं छाड्नेको भीड (तस्बिरहरू) 

काठमाडौं– हिन्दूहरूको महान पर्व बडादशैँ आजदेखि सुरु भएको छ ।

प्रहरी प्रभाग इमाडोल तोडफोड र आगजनी गर्ने ६ जना गहनासहित पक्राउ

काठमाडौं – प्रहरी प्रभाग इमाडोल तोडफोड र आगजनी गर्ने पाँच

पदमार्गका लागि अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

म्याग्दी– मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

घटस्थापना: दशैँको सुरुवात, के छ विधि ?

काठमाडौं – नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दशैँ

मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालन

काठमाडौं – गएरातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकको यातायात सोमबार बिहान