रवि लामिछानेमाथिको संगठित अपराध मुद्दा फिर्ताविरुद्धको पेसी सुवेदी र पोखरेलको इजालसमा « Khabarhub

रवि लामिछानेमाथिको संगठित अपराध मुद्दा फिर्ताविरुद्धको पेसी सुवेदी र पोखरेलको इजालसमा


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ता लिने निर्णयविरुद्धको रिटमा आइतबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आइतबार उक्त रिटको सुनुवाइ हुन लागेको हो ।

महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन रहेका सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामध्ये संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग हटाउन जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थ्इिन् । गत पुस ३० गते लामिछानेलाई सहकारी ठगीमा मात्र मुद्दा चलाउन भनिएको थियो ।

महान्यायाधिवक्ताको उक्त निर्देशन ‘बदनियतपूर्ण’ रहेको दाबी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेलले सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका हुन् ।

सहकारीको बचत रकम अपचलनका सम्बन्धमा लामिछानेमाथि विभिन्न जिल्लामा अनुसन्धान र अदालती प्रक्रिया जारी छ ।

आइतबार सर्वोच्चमा हुने सुनुवाइले महान्यायाधिवक्ताको निर्देशन कायम रहने वा नरहने भन्नेबारे टुंगो लाग्नेछ ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ११ : २२ बजे

‘रवि र बालेन पनि देउवा र ओलीकै पथमा छन्, देशले फेरि दु:ख पाउन सक्छ’

नेपालका दिग्गज अर्थ-राजनीति विश्लेषक हरि रोका प्रधानमन्त्री वालेन्द्र शाह र

घरेलु हतियारसहित तीन जना पक्राउ

गुल्मी– गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण तथा

रसुवाको भोर्ले बजारनजिक सुख्खा पहिरो, नुवाकोट–धुन्चे जोड्ने सडक अवरुद्ध

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुख्खा पहिरो खस्दा सडक

जेन-जी आन्दोलनको एक वर्ष : दुई दिने विद्रोहले बदलिएको नेपालको राजनीतिक समीकरण

काठमाडौं- ठीक एक वर्षअघि फेसबुकसहितका सामाजिक सञ्जालमाथि तत्कालीन केपी शर्मा