ओमानबाट सातौं उडानमार्फत १७५ नेपाली स्वेदश फर्किए « Khabarhub

ओमानबाट सातौं उडानमार्फत १७५ नेपाली स्वेदश फर्किए



दोहा – ओमानमा कोभिड-१९ को महामारीको कारण सिर्जित विषम् परिस्थितिले गर्दा नेपाल फर्कन दूतावासमा नाम टिपाएकामध्ये आज सातौं उडान मार्फत १७५ नेपाली स्वदेश फर्किएका छन् ।

ओमानस्थित नेपाली दूतावासका अनुसार सलाम एअरको OV-427 को उडानमा ४६ महिलासहित १२९ जना पुरूष नेपाल फर्किएका छन् । योसँगै ओमानबाट स्वदेश फर्किने नेपालीको संख्या ११७८ पुगेको दूतावासले जनाएको छ ।

आज सातौँ उडानमार्फत नेपाल फर्किएका सबै नेपालीहरू तथा उक्त उडानका चालक दलका सदस्यहरू समेतको पीसीआर रिपोर्ट नेगेटिभ रहेको सुनिश्चित गरिएको दूतावासले जनाएको छ ।

विमानस्थलमा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल सम्पूर्ण नेपालीहरूलाई स्वदेश फिर्तिको लागि सफल यात्रा तथा सुखमय जीवनको लागि शुभकामना व्यक्त गरेकी थिइन् ।

यात्रामा सहभागी सम्पूर्ण नेपालीहरूले दूतवासको सक्रियतामा चार्टर उडानमार्फत सुलभ दरमा स्वदेश फर्कने अवसर प्राप्त भएकोमा राजदूत तथा समस्त दूतावासको कार्यको प्रशंसा गर्दै दूतावास परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए ।

साथै, ओमानको सर्वोच्च समितिको निर्णय अनुसार आगामी अक्टोवर १ देखि ओमानको अन्तराष्ट्रिय विमानस्थल खुल्ने भएकोले ओमान-नेपालबीच आगामी अक्टोवरबाट नियमित उडान शुरू हुने र सोही उडानहरूबाट पीसीआर लगायत स्वास्थ्य सम्बन्धी आवश्यक प्रोटोकल पूरा गरी सहज रूपमा नेपाल फर्किन सकिने समेत दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ८ : ०० बजे

लमजुङमा एक वृद्ध मृतावस्थामा फेला

लमजुङ– लमजुङस्थित बेसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाटको मध्य मस्र्याङ्दी

सूर्यविनायक चक्रपथ जोड्ने पलाँसे–तारकेश्वर सडकको शिलान्यास

भक्तपुर– बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भक्तपुरको पलाँसे–तारकेश्वर सडकखण्ड निर्माण

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र

संसदीय राजनीतिबाट सिके राउतको बिदाइ

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले संसदीय

प्रि ओपन सेसन : करिब साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेपाल