पोखरामा चारसहित थप सात संक्रमितको मृत्यु « Khabarhub

पोखरामा चारसहित थप सात संक्रमितको मृत्यु


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोखरामा चारसहित थप सात संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान जारी गरेको विज्ञप्ति अनुसार पोखरामा मात्रै थप चार संक्रमितको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका १ का ४२ वर्षीय कोरोना संक्रमित  पुरुषको शुक्रबार बेलुका ७:४५ बजे चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

असोज ३० गते उपचारका लागि अस्पताल भर्ना भएका उनमा कात्तिक ३ गते कोरोना पुष्टि भएको थियो ।

यस्तै पोखरा महानगरपालिका-२२ का ६८ बर्षीय कोरोना संक्रमित पुरुषको पनि शनिबार बिहान साढे ९ बजे बजे गण्डकी मेडिकल कलेज पोखरामा  मृत्यु भएको छ ।

उनमा कात्तिक ०६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । ७ गते अस्पताल भर्ना उनमा  निमोनियाको पनि समस्या रहेको थियो ।

पोखरा महानगरपालिका-३१ का ५८ बर्षीय कोरोना संक्रमित पुरुषको पनि शनिबार दिउँसो ४:२५ बजे मृत्यु भएको छ ।

उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा  मृत्यु  भएको हो । कात्तिक ७ गते कोरोना पुष्टि भएका उनमा निमोनिया, उच्च रक्तचाप र मधुमेहको पनि समस्या रहेको निर्देशनालयले जनाएको छ ।

पोखरा महानगरपालिका-१५ का ५२ वर्षीया कोरोना संक्रमित महिलाको पनि शनिबार राति १०:२० बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा  उपचारका क्रममा मृत्यु  भएको छ । उनमा शनिबार नै  कोरोनाको संक्रमण पुष्टि भएपछि  उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

कांग्रेस नेताको मृत्यु

मोरङको विराटनगरमा कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ ।

नेपाली कांग्रेस मोरङ जिल्ला सदस्य ५४ वर्षीय दिना मण्डलको मृत्यु भएको हो ।

कोरोना संक्रमण देखिएपछि विराटनगर महानगरपालिका ८ का मण्डललाई उनको प्लाज्मा थेरापी विधीबाट विराट मेडिकल कलेजमा उपचार सुरू गरिएको थियो ।

उपचारका क्रममा उनको शनिबार बेलुका मृत्यु भएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

यस्तै सुनसरीको धरान उपमाहानगरपालिकामा पनि थप एक संक्रमितको मृत्यु भएको छ ।

धरान १७ का ६२ वर्षीय महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शनिबार दिउँसो ३ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए।

असोज २० गते कोरोना पुष्टि भएकी ती महिलालाई शुक्रबार मात्रै अस्पताल भर्ना गरिएको थियो । उनमा मिर्गौलासम्बन्धी पूरानै समस्या रहेको डा.श्रेष्ठले बताए ।

धनगढीमा पनि थप एक संक्रमितको मृत्यु भएको छ । डोटीका व्यापारीको धनगढीमा कोरोनाबाट मृत्यु भएको हो । जेभी आयल स्टोर दिपायलमा कार्यरत कोरोना संक्रमित कर्णबहादुर भण्डारीको मृत्यु भएको हो । कोरोना संक्रमित भएपछि प्रादेशिक अस्पताल धनगढीमा उपचारत भण्डारीको शनिबार मृत्यु भएको हो ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ८ : ०४ बजे

शिक्षा पोखरेलको सम्पत्ति : घरजग्गा, सेयर र सवारीसहित २४ करोड

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको कुल

मन्त्री सोविता गौतमको सम्पत्ति : १० लाख बैंक मौज्दात, १ तोला हिरा र १५ तोला सुन

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको

ऊर्जामन्त्री श्रेष्ठसँग १५ तोला सुन र ५८ लाख रुपैयाँ बैंक मौज्दात

काठमाडौं- सरकारले सार्वजनिक गरेको पछिल्लो सम्पत्ति विवरणअनुसार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग

मन्त्री सीता वादीको सम्पत्ति : २० कुखुरा र एउटा कुकुर, बैंकमा १५ लाख मौज्दात

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग

गृहमन्त्री गुरुङको नाममा १९ रोपनी जग्गा, ८९ तोला सुन र ६ किलो चाँदी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङको नाममा उल्लेख्य मात्रामा जग्गा र सुनचाँदी