दशैँमा गाउँ उज्यालो बनेपछि घिरिङका स्थानीयमा खुसियाली « Khabarhub

दशैँमा गाउँ उज्यालो बनेपछि घिरिङका स्थानीयमा खुसियाली


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको घिरिङ गाउँपालिका–१ स्थित विभिन्न टोलमा बिजुली विस्तार भएको छ ।

उज्यालो गाउँपालिका बनाउने अभियानअन्तर्गत उक्त वडाको भन्टार, कटहरे, हात्तीडाँडा, डिसडाँडा र रिमिडाँडाका १३८ घरधुरीमा शनिबार पहिलो पटक बत्ती बलेको हो ।

नेपालीहरुको महान् पर्व बडादशैँको आठौँ दिन महाअष्टमीमा बत्ती बलेपछि यहाँका स्थानीयवासी हर्षित भएका छन् । बत्ती बाल्ने वर्षाैँदेखिको चाहना अहिले आएर पूरा भएको स्थानीय पार्वती शाहीले बताइन् ।

“बिजुली बत्तीको आशमा बसेको थुपै्र वर्ष भयो, बत्ती बाल्ने चाहना बल्ल पूरा भएको छ”, शाहीले भने, “त्यहीमाथि दशैँको बेला बत्ती बलेपछि गाउँ नै उज्यालो भयो ।”

स्थानीय मनिषा श्रेष्ठले मैनबत्ती र सोलारको भरमा बस्दै आएका स्थानीयवासीलाई बिजुली विस्तार भएपछि सहज हुने बताइन् ।

सोही वडाको नयाँटार, गड्यौलीटार, बन्टार, जगौली र खुङ्लिङमा पनि दशैँअगावै बत्ती बाल्ने तयारी भए पनि विद्युत् प्राधिकरणका कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि ढिलाइ भएको घिरिङ गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ११ : २२ बजे

बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालन

गोरखा– मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द

वालेन्द्र नेतृत्वको सरकारप्रति राधिकाको आक्रोश, भनिन्, ‘खराने ग्याङ’ले जेजे गरुन्, हामी डराएर भाग्दैनौँ’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले

दक्षिण कोरियामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च

सियोल- दक्षिण कोरियामा अगस्ट महिनामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च भएको छ । सरकारी तथ्यांकअनुसार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त

काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना पदाधिकारी नियुक्त भएका

मन्त्रीहरूलाई सुझाव वर्षमानको सुझाव : शासकीय अहङ्कार नदेखाउनू, जनताले कालोझण्डा देखाइसके

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले शासकीय अहङ्कार नदेखाउन