गाउँमा छैन यसपालि दशैँको रौनक « Khabarhub

गाउँमा छैन यसपालि दशैँको रौनक


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पर्वतको मोदी गाउँपालिका स्थायी घर भइ हाल पोखरा– १२ मा बसोबास गर्दै आएकी शीला पौडेल जसरी पनि विगत वर्षमा दशैँमा आफ्नो घर पुग्थिन । घट्स्थापनादेखि छोराछोरीको विद्यालयमा दशैँ बिदा शुरु हुने भएकाले उनी त्यसको एक दुई दिनमै गाउँ पुग्थिन । तर यसपटकको दशैँमा भने उनी गाउँ जाइनन् । कोरोना महामारीको त्रासका कारण पौडेलले पहिलो पटक पोखरामै बसेर दशैँ मनाउँदै छिन् ।

“चाडवाडमा रमाइलो त आफ्नै गाउँमा हुन्थ्यो, तर कोरोना सङ्क्रमणको त्रासले यस पटक घर जान पाइएन”, उनले भने, “बजारमा सङ्क्रमण बढिरहेकाले गाउँ जाँदा जोखिम हुने तथा आफ्ना कारणबाट अरुले दुःख नपाउन् भनेर सरकारको आग्रह मानेर पोखरामै दशैँ मनाउने निर्णय गरेको हुँ ।”

विगत वर्षमा दशैँ शुरु भएलगत्तै शहरबाट गाउँघर फर्किने क्रम शुरु हुन्थ्यो । शहरमा रोजगारी तथा विभिन्न पेशा व्यवसायमा आवद्ध भएकाहरु दशैँमा गाउँ फर्किदा शहर सुनसान हुन्थ्यो । गाउँमा चहलपहल बढ्ने गर्दथ्यो । विदेशमा भएका समेत वर्ष दिनमा एक पटक घर फर्केर दशैँ मनाउने चलन थियो । गाउँघरमा घट्स्थापनादेखि नै चहलपहल हुने गरेपनि यस वर्ष भने गाउँमा दशैँको खासै रौनक छैन ।

कोरोना महामारीका कारण सरकारले जारी गरेको चाडपर्व मनाउने मापदण्डका कारण जो कोही पनि घरभित्रै सीमित भएका छन् । शहरबाट गाउँ फर्किने थोरै मात्र छन् भने गाउँमा समेत कोभिड १९ को त्रास कायम रहेकाले अत्यावश्यक बाहेक घरबाहिर निस्कने कमै छन् ।

चियापसल र चौतारी सुनसान छन् । दशैँलाई लक्ष्य गरी आयोजना गरिने महोत्सव र खेलकूद प्रतियोगितालगायत यस वर्ष आयोजना भएनन् । पिङ तथा दशैँका अवसरमा आयोजना गरिने शुभकामना आदानप्रदान कार्यक्रमको रौनक नभएको माछापुच्छ्रे गाउँपालिका ३ का वडाध्यक्ष सूर्यप्रसाद लम्सालले बताए ।

“सरकारले आग्रह गरेकाले समेत होला यसपटकको दशैँमा गाउँघरमा समेत चहलपहल छैन, बजारबाट गाउँ आएका सर्वसाधारण समेत घरभित्रै सीमित छन्”, वडाध्यक्ष लम्सालले भने, “यस पटक गाउँमा पिङ पनि हालिएका छैनन्, चहलपहल पहिला जस्तो छैन, हामीले आग्रह गरे अनुसार नै भएको छ ।”

विगतमा गाउँका टोलैपिच्छे खुला स्थान र चौतारीमा हालिने रोटेपिङ र लठ्ठे पिङमा बालबालिकादेखी वृद्धवृद्धासम्मको चहलपहल हुन्थ्यो । पिङ खेल्नका लागि लामो समय बालबालिका पालो पर्खिएर बसेका हुन्थे । यस वर्ष त्यस्तो दृश्य कतै देखिदैन । सरकारले आफू बसेकै स्थानमा चाडपर्व मनाउन आग्रह गरेपछि यस वर्र्ष दशैँमा गाउँ जानेहरु कम भएका हुन् ।

कोरोना सङ्क्रमणको त्रास सर्वत्र छ । गाडीमा हिँड्न समेत यात्रु डराएका छन् । कतिपय त शहरबाट जाँदा गाउँमा सङ्क्रमण फैलने डरले बजारमै बसेका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ३ : २१ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने