भक्तपुरमा आफ्नै साथीको हत्या गरेको आरोपमा दुई पक्राउ | Khabarhub Khabarhub

भक्तपुरमा आफ्नै साथीको हत्या गरेको आरोपमा दुई पक्राउ


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुर नगरपालिका १ ईँटापाकोस्थित मेटल कारखानामा कार्यरत ३५ वर्षीय भारतीय नागरिक शाहीव हुसैनको हत्याको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ परेका दुवैजना भारत उत्तर प्रदेश मुरादाबाद कुन्दरकी घर भएर भक्तपुर बस्दै आएका हुन्।

भक्तपुर ईटापाको मेटल कारखानामा बस्ने १९ वर्षीय सानु अन्सारी र भारत उत्तर प्रदेश मुरादाबाद मोहलपुर घर भई हाल सोही कारखाना बस्ने २३ वर्षीय सलमान खान पक्राउ परेको महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिइन्।

शनिबार राति करिब ९ बजे तीन जनासँगै बसेर मदिरा सेवन गरेको र सोही क्रममा सलमानकी प्रेमिकालाई शहीदले अपशब्द प्रयोग गरेपछि कोठामा फर्कने क्रममा खान र अन्सारीले ढुङ्गा तथा इँटाले मुख र टाउकोमा हानेर हत्या गरी नर्कटघारीमा शव खसालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

आइतबार बिहान पैदलयात्रीले शव देखेर प्रहरीलाई खबर गरेपछि अनुसन्धानका क्रममा प्रहरीले ती दुई जनालाई पक्राउ गरेको हो।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ७ : ०१ बजे

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी