खोटाङ- खोटाङका प्रमुख जिल्ला अधिकारीसहित तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ र प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयालाई कोरोना संक्रमण भएको हो ।
आइतबार प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजिटिभ देखिएको अस्पतालका चिकित्सक प्रविण झाले बताए ।
उनीहरु तीनै जनामा रुघाखोकीको लक्षण देखिए पछि कोरोना परीक्षण गरिएको थियो । शनिबार आठ जनाको स्वाब संकलन गरिएकामा तीन जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।
संक्रमित सबै होम आइसोलेसनमा रहेको जिल्ला समन्वय प्रमुख चाम्लिङले बताए ।
प्रतिक्रिया