नगरप्रमुखलाई कोरोना देखिएपछि सेवा बन्द « Khabarhub

नगरप्रमुखलाई कोरोना देखिएपछि सेवा बन्द


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिकाले नगरप्रमुख किसान गुरुङलाई कोरोना पुष्टि भएपछि सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको छ । नगरप्रमुख गुरुङलाई मङ्गलबार कोरोना पुष्टि भएपछि नगरपालिकाले तीन दिन सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीका अनुसार बुधबारदेखि शुक्रबारसम्म नगरपालिकाको कार्यालय र सबै वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द हुनेछन् ।

“नगरपालिकामा कार्यरत कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले तीन दिन सेवा बन्द गर्ने निर्णय भएको छ”, सुवेदीले भने ।

यसैबीच नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले गत वर्षदेखि हरिबोधिनी एकादशीको दिनमा सार्वजनिक बिदा दिन थालेको छ । प्रमुख प्रशासकीय अधिकृत सुवेदीले उक्त दिन नगरपालिकाअन्तर्गतका कार्यालय र विद्यालय बन्द रहने जानकारी दिए ।

कोरोना भाइरस सङ्क्रमणका कारण एकादशीको अवसरमा कतै पनि मेला लाग्ने अवस्था नरहे पनि नगरले यस वर्ष पनि बिदा दिने निर्णय गरेको हो । गत वर्षसम्म नगरपालिकाको केन्द्रमा अवस्थित दुलेगौँडा पुल्चोकस्थित सेती नदी किनारमा फूलको तोरण तार्ने र स्नान गर्न आउने श्रद्धालु भक्तजनको विशेष ओइरो लाग्दथ्यो । मोक्ष प्राप्तिको आस्थाले छिमेकी जिल्ला स्याङ्जा र कास्कीका विभिन्न स्थानबाट पनि भक्तजन यहाँ आउने गर्दथे ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ११ : ५० बजे

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई