युरोपेली संसदको राजनीतिक समूहद्वारा चीनमाथि प्रतिबन्ध लगाउन माग « Khabarhub

युरोपेली संसदको राजनीतिक समूहद्वारा चीनमाथि प्रतिबन्ध लगाउन माग


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स– युरोपियन संसदको युरोपेली कन्जर्भेटिभ एण्ड सुधारवादी पार्टीले ‘जन गणतन्त्र चीनविरूद्ध कूटनीतिक र व्यापारिक प्रतिबन्ध’ लगार्नुपर्ने माग गरेको छ ।

लोकतन्त्रलाई कमजोर पार्ने र मानवअधिकार उल्लंघनमा निकै चर्को र आक्रामकरुपमा प्रस्तुत भएको चीनलाई तत्काल रोक्‍न प्रतिबन्ध आवश्यक रहेको बताइएको छ । चीनले हङकङमा प्रजातन्त्र समर्थित सांसदहरुलाई निष्कासन गरेकोमासमेत युरोपियन संसदले आपत्ति जनाएको छ ।

११ नोभेम्बर २०२० मा जारी गरेको बेइजिङको घोषणाले लोकतान्त्रिक समर्थक राजनीतिज्ञलाई व्यवस्थापिका परिषदबाट निष्कासन गर्ने अनुमति दिएको छ । उक्त निर्णयले हङकङको प्रजातन्त्रलाई ध्वस्त पार्न भूमिका खेल्‍ने अर्को कदमको रुपमा लिएको जनाइएको छ ।

राजनीतिक समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यसले चीनको कम्युनिष्ट पार्टीले १९९७ को चीन-ब्रिटिश संयुक्त घोषणापत्रमा १९८४ मा बेलायतलाई हङकङ चीनलाई हस्तान्तरण हुनुभन्दा अघि चीन-ब्रिटिश संयुक्त घोषणा पत्रमा तय गरिएको दुई देशीय मोडेलप्रति आफ्नो अन्तर्राष्ट्रिय कानुनी प्रतिबद्धता अनुसरण नगरेको कुरा अझ प्रस्ट भएको छ ।”

“२०१६ को विधानपरिषद्को चुनावमा प्रजातान्त्रिक पार्टीका राजनीतिक दलका उम्मेदवारहरूले ५५ प्रतिशतभन्दा बढी लोकप्रिय भोट जितेका थिए र उनीहरूलाई सदस्यको रूपमा सेवा गर्न चुनिएको थियो । यी राजनीतिज्ञहरूलाई उनीहरूको राजनीतिक विश्वासको बाबजुद पनि आफ्ना निर्वाचन क्षेत्रमा सेवा गर्ने अधिकार छ । यी राजनीतिज्ञहरूले ‘राष्ट्रिय सुरक्षाका लागि खतरा’ हो भन्ने दाबी गलत छ र यस वर्षको सुरूमा पारित भएको ‘राष्ट्रिय सुरक्षा’ कानूनको अन्तर्निहित कमजोरीहरू प्रदर्शन गर्दछ ।”

विज्ञप्तिमा यस्तो निष्कर्ष निकालिएको छ, “ईसीआर पार्टीले हङकङ सरकारलाई यस गैर लोकतान्त्रिक र असंगत निर्णयलाई उल्ट्याउन आह्वान गर्छ । समान रूपमा ईसीआर पार्टीले युरोपियन युनियनलाई पीपुल्स रिपब्लिक चाइनाविरूद्ध यी कार्यहरू गर्नका लागि ताजा कूटनीतिक र व्यापारिक प्रतिबन्ध लगाउने सम्भाव्यता खोजी गर्न आग्रह गर्दछ ।”

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  १२ : ४२ बजे

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर