भीमेश्वरको शीलामा पसिना आएपछि राष्ट्रपतिलाई महाप्रसाद पठाइयो « Khabarhub

भीमेश्वरको शीलामा पसिना आएपछि राष्ट्रपतिलाई महाप्रसाद पठाइयो


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको प्रशिद्ध भीमेश्वरको शीलामा पसिना आएको छ । मंगलबार पौने २ बजेदेखि ३ बजेर ५४ मिनेटसम्म पटकपटक पसिना आएपछि मन्दिरका पूजारी तथा गुठियारहरुले पूजा गरेका छन् ।

पूजा गर्दा भीमेश्वरको शीलामा आएको पसिना कपासले पुछेर पूजाको प्रसादसहित राष्ट्रप्रमुखलाई पठाउने परम्परा अनुसार महाप्रसाद राष्ट्रपति विद्यादेवी भण्डारीलाई पठाइएको छ ।

जिल्ला प्रशासन कार्यालय दोलखाले एक विज्ञप्ति जारी गर्दै भीमेश्वरको शीलामा पसिना आएर पूजा सुरु भएपछि जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुख मन्दिरमा पुगेर पूजाआजा गरी महाप्रसाद राष्ट्रपति कहाँ पठाउने व्यवस्था मिलाएको उल्लेख गरिएको छ ।

भीमेश्वरको शीलामा पसिना आएपछि क्षमा पूजा गर्ने परम्परा अनुसार महाप्रसाद राष्ट्रपतिकहाँ पठाइएको हो । राष्ट्रप्रमुखले शीलामा पसिना आएको सूचना पाएपछि क्षमा पूजा गर्ने परम्परा छ । त्यस्तै गृहमन्त्रालयले पनि क्षमा पूजा गर्ने परम्परा रहेको छ ।

शीलामा पसिना आएपछि लघुरुद्री गरिने र सरकारका तर्फबाट जोर बोका तथा स्थानीयको तर्फबाट जोरबोका गरी ४ वटा बोकाको बलिपूजा गरिने प्रचलन रहेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ३ : ०४ बजे

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड