भीमेश्वरको शीलामा पसिना आएपछि राष्ट्रपतिलाई महाप्रसाद पठाइयो « Khabarhub

भीमेश्वरको शीलामा पसिना आएपछि राष्ट्रपतिलाई महाप्रसाद पठाइयो


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको प्रशिद्ध भीमेश्वरको शीलामा पसिना आएको छ । मंगलबार पौने २ बजेदेखि ३ बजेर ५४ मिनेटसम्म पटकपटक पसिना आएपछि मन्दिरका पूजारी तथा गुठियारहरुले पूजा गरेका छन् ।

पूजा गर्दा भीमेश्वरको शीलामा आएको पसिना कपासले पुछेर पूजाको प्रसादसहित राष्ट्रप्रमुखलाई पठाउने परम्परा अनुसार महाप्रसाद राष्ट्रपति विद्यादेवी भण्डारीलाई पठाइएको छ ।

जिल्ला प्रशासन कार्यालय दोलखाले एक विज्ञप्ति जारी गर्दै भीमेश्वरको शीलामा पसिना आएर पूजा सुरु भएपछि जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुख मन्दिरमा पुगेर पूजाआजा गरी महाप्रसाद राष्ट्रपति कहाँ पठाउने व्यवस्था मिलाएको उल्लेख गरिएको छ ।

भीमेश्वरको शीलामा पसिना आएपछि क्षमा पूजा गर्ने परम्परा अनुसार महाप्रसाद राष्ट्रपतिकहाँ पठाइएको हो । राष्ट्रप्रमुखले शीलामा पसिना आएको सूचना पाएपछि क्षमा पूजा गर्ने परम्परा छ । त्यस्तै गृहमन्त्रालयले पनि क्षमा पूजा गर्ने परम्परा रहेको छ ।

शीलामा पसिना आएपछि लघुरुद्री गरिने र सरकारका तर्फबाट जोर बोका तथा स्थानीयको तर्फबाट जोरबोका गरी ४ वटा बोकाको बलिपूजा गरिने प्रचलन रहेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ३ : ०४ बजे

छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक

आईसीसी महिला टी–२० : नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले थाइल्याण्डसामु १

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड