मलयालम फिल्मको हिन्दी रिमेकमा देखिनेछिन् जाह्नवी कपूर « Khabarhub

मलयालम फिल्मको हिन्दी रिमेकमा देखिनेछिन् जाह्नवी कपूर


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – श्रीदेवी र बोनी कपूरकी छोरी जाह्नवी कपूरले सन् २०१८ मा फिल्म ‘धडक’ बाट बलिउड डेब्यु गरिन् । छोटो समयमा नै उनले बलिउडमा राम्रो चर्चा कमाइन् ।

पहिलो फिल्मपछि जाह्नवीले एकपछि अर्को गर्दै फिल्म साइन गरिरहेकी छिन् ।

हालै जाह्नवीले नयाँ फिल्म साइन गरेकी छिन्, जुन फिल्म मलयालम फिल्म ‘हेलेन’ को हिन्दी रिमेक हो । फिल्ममा मनोज पाहवाले फिल्ममा जाह्नवीका पिताको भूमिका निभाउँदैछन् ।

फिल्मको निर्देशन ‘हेलेन’ का निर्देशक माथुकुट्टी जेवियरले नै गर्नेछन् । फिल्मको हिन्दी रिमेक बोनी कपूरले लगानी गर्दैछन् ।

जाह्नवी अभिनित फिल्म करण जोहरको फिल्म ‘तख्त’ र ‘दोस्ताना २’ मा रिलिज हुन बाँकी छन् । साथै एक हरर कमेडी फिल्ममा पनि उनलाई देख्न सकिनेछ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ३ : ३५ बजे

बडादसैँको टीका आज पनि लगाइँदै

काठमाडौँ– विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौँ– नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्टाल्यामा

मध्यावधि चुनावपछि इरानमाथि अमेरिकी आक्रमणको आशङ्का, तेहरानले दियो कडा प्रतिकारको चेतावनी

एजेन्सी– अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी

बाढीपहिरोले क्षति पुर्‍याएका तनहुँका सडक तथा पुल मर्मत गर्न सिफारिस

दमौली–  गत असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ–  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन् ।