पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना « Khabarhub

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।

पश्चिमी वायुको प्रभावले वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

उक्त प्रणालीको प्रभावले बिहीबार बेलुकासम्म देशका अधिकांश स्थानमा आंशिक देखि पूर्ण बदली हुनाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठले बताए ।

‘बिहीबार रातिदेखि मौसममा क्रमिक सुधार हुँदै जाने छ’, मौसमविद् श्रेष्ठले भने । पश्चिमी वायुको प्रभावसँगै देशभर चिसो बढेको छ ।

राति प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदलीको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री र अधिकतम तापक्रम २० दशमलव शून्य डिग्री सेल्सियस छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ४ : ४० बजे

तनावबीच नाटो शिखर सम्मेलन सुरु, रक्षा खर्च र मध्यपूर्व संकट मुख्य एजेन्डा

एजेन्सी– मध्यपूर्वमा बढ्दो सैन्य तनाव र इरानविरुद्ध अमेरिकी सैन्य कारबाहीका बीच

खेतबारीमा काम गर्दा हातखुट्टा हिलोले खाए के गर्ने ? लापरबाही भए क्यान्सरको जोखिम 

काठमाडौं– वर्षायाममा थुप्रै मानिस हात, खुट्टाका औंलाका कापमा घाउ हुने

हर्कराज राईको प्रश्न- प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, सांसदलाई धम्क्याउनेलाई किन केही नगरेको ?

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमाका विषयमा जवाफ

अनुसन्धान प्रतिवेदन सार्वजनिक नगर्ने आयोगको नीति छ : अध्यक्ष मगर

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले आन्तरिक

उखु किसानको अनुदान तत्काल निकासा गर्न सांसद शाहको माग

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले