नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष न्यौपाने पक्राउ | Khabarhub Khabarhub

नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष न्यौपाने पक्राउ

३ करोडभन्दा बढी ठगेको आरोप


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ३ करोड रूपैयाँभन्दा बढी रकम ठगीको आरोपमा नेपाल इञ्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका छन् ।

नेपाल इन्जिनियरिङ कलेजले ३ करोड ७१ लाख रुपैयाँ ठगेर न्यौपाने सम्पर्कबिहिन भएको उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का निर्देशक डीआईजी सहकुल थापाले जानकारी दिए ।

उनलाई बुधबार दिउँसो काठमाडौंबाट पक्राउ गरिएको थापाले जानकारी दिए । न्यौपानेमाथि थप अनुसन्धान भइरहेको छ ।

तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस दिएको प्रकरणमा पनि न्यौपाने मुछिएका थिए  । रामेछाप मन्थली नगरपालिका-८ का न्यौपाने हाल काठमाडौं-४ चण्डोल बसोबास गर्दै आएका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ४ : ३२ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार