नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष न्यौपाने पक्राउ « Khabarhub

नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष न्यौपाने पक्राउ

३ करोडभन्दा बढी ठगेको आरोप


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ३ करोड रूपैयाँभन्दा बढी रकम ठगीको आरोपमा नेपाल इञ्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका छन् ।

नेपाल इन्जिनियरिङ कलेजले ३ करोड ७१ लाख रुपैयाँ ठगेर न्यौपाने सम्पर्कबिहिन भएको उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का निर्देशक डीआईजी सहकुल थापाले जानकारी दिए ।

उनलाई बुधबार दिउँसो काठमाडौंबाट पक्राउ गरिएको थापाले जानकारी दिए । न्यौपानेमाथि थप अनुसन्धान भइरहेको छ ।

तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस दिएको प्रकरणमा पनि न्यौपाने मुछिएका थिए  । रामेछाप मन्थली नगरपालिका-८ का न्यौपाने हाल काठमाडौं-४ चण्डोल बसोबास गर्दै आएका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ४ : ३२ बजे

गृहमन्त्री गुरुङसँग हिन्दू सम्राट सेनाले गर्‍यो १३ बुँदे सहमति

जनकपुरधाम – गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १७ गते आइबार सन् २०२६

आज २०८३ साल साउन १७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १७ गते आइबार सन् २०२६

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई