तीन महिनामा भित्रियो दुई खर्ब ५८ अर्ब रेमिट्यान्स « Khabarhub

तीन महिनामा भित्रियो दुई खर्ब ५८ अर्ब रेमिट्यान्स


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चालू आर्थिक वर्षको पहिलो तीन महिनामा दुई खर्ब ५८ अर्ब ८६  करोड रूपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ ।

यो गत वर्षको सोही अवधिको तुलनामा १२.६ प्रतिशतले वृद्धि भएको छ ।  अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.१ प्रतिशतले घटेको थियो ।

कोरोनाका कारण प्रमुख श्रम गन्तव्यमा समेत रोजगारीमा समस्या आए पनि चालू आर्थिक वर्षको गत असोज मसान्तसम्ममा विप्रेषण आप्रवाह सकारात्मक रहेको पाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.६ प्रतिशतले वृद्धि भई रु दुई अर्ब १८ करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह ४.७ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ९६.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ३.७ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ७८.६ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ०.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सर्फर १०.२ प्रतिशतले वृद्धि भई रु २८६ अर्ब ९१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सर्फर ३.८ प्रतिशतले घटेको थियो ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ६ : ४५ बजे

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

गलकोट– लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन

१३ दिनको हिरासत बसाइपछि अस्पतालबाटै रिहा भए केपी ओली

काठमाडौं- नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली १३ दिनको