पार्टीको विधान, नीति तथा सिद्धान्तलाई आत्मसात् गरौँ – माधव कुमार नेपाल « Khabarhub

पार्टीको विधान, नीति तथा सिद्धान्तलाई आत्मसात् गरौँ – माधव कुमार नेपाल


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का  नेता माधवकुमार नेपालले   पार्टीको विधान, नीति तथा सिद्धान्तलाई आत्मसात् गर्दै अघि बढे विद्यमान सबै समस्याको समाधान निस्किने बताएका छन् ।

नेपाल निजामती कर्मचारी सङ्गठन पर्साको नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै नेता नेपालले ठूलो बलिदानी र त्यागले निर्माण भई जनताको माझ स्थापित  नेकपालाई कसैले चाहँदैमा कमजोर गर्न नसकिने बताए ।

पूर्वप्रधानमन्त्री नेपालले कर्मचारीको सरुवाबढुवामा देखिएका अनियमिता समाप्त पार्न  गुणदोषका आधारमा मूल्याङ्कन गर्ने पद्धतिको विकास आवश्यक रहेको धारणा व्यक्त गरे ।

नेता नेपालले कोरोना सङ्क्रमणको जोखिम यथावत् रहेकाले मास्कको प्रयोग, भौतिक दूरीको पालना र स्वाथ्य सचेतता अपनाउन सबैलाई आग्रह गरे ।

नेपाल कर्मचारी सङ्गठन पर्साका अध्यक्ष अमित गिरीको अध्यक्षतामा सम्पन्न  कार्यक्रममा भवन निर्माणमा सहयोग गर्नेहरुलाई पूर्वप्रधानमन्त्री नेपालले सम्मान गरेका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ७ : १३ बजे

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको