सरकारले दियो सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्वीकृति | Khabarhub Khabarhub

सरकारले दियो सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्वीकृति


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुधबारको मन्त्रिपरिषद बैठकले सगरमाथाको नयाँ उचाई घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति दिएको छ ।

भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाइ घोषणा गर्न स्वीकृति प्रदान गर्न मन्त्रीपरिषदमा प्रस्ताव पेश गरेकी थिइन्।

आर्थिक वर्ष २०६४/६५ बाट सुरू भएको सगरमाथाको उचाइ मापन कार्य अहिले सकिएर घोषणा गर्ने चरणमा आएपछि सरकारले औपचारिक रूपमा घोषणा तयारी गरेको मन्त्री अर्यालले जानकारी दिइन्।

‘सरकारले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ मापन गरेको छ। अब हामी आफैंले नापेको उचाइ औपचारिक रुपमा घोषणा गर्ने चरणमा आइपुगेका छौं,’ उनले भनिन्।

२०७२ को भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानको उचाइमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो। सोही सन्दर्भमा सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने भन्ने चर्चा चलेपछि नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाइ मापन गरेको हो।

मन्त्रिपरिषदबाट स्वीकृति प्रदान भइसकेपछि अब केही दिनमा कार्यक्रम बनाएर मन्त्रालयले औपचारिक रूपमा सगरमाथाको नयाँ उचाइ घोषणा गर्ने जनाएको छ।

गत वर्ष चीनका राष्ट्रपति सि चिङफिङको नेपाल भ्रमण क्रममा सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो। सोहीबमोजिम नेपाल र चीनका सरकारी टोलीले संयुक्त रूपमा काम गरेका थिए।

यसअघि विभिन्न देशले सगरमाथाको उचाइ मापन गर्दै आएका थिए। पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरी कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८८४८ मिटर हालसम्म कायम छ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ९ : ४५ बजे

सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन

रास्वपा र उपसभामुख रानामाथि योगेशका प्रश्नै प्रश्न

काठमाडौं – सत्तारूढ एमालेका सांसद योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगर

पर्सामा धान उत्पादन २० प्रतिशतले घट्ने अनुमान

पर्सा – पर्सामा सुक्खाग्रस्त समस्याको कारणले यस वर्ष धान उत्पादनमा

लिपुलेकमा भारत-चीन मिलेपछि नेपालका सत्ता र प्रतिपक्ष पनि एकमुख 

काठमाडौं– संघीय संसद्का प्रमुख राजनीतिक दलहरू नेपाली भूमि लिपुलेकलाई भारत

एम्बुलेन्स सेवाका लागि देशभर एउटै नम्बर ‘१०२’

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत