‘आफू स्वतन्त्र भएको मिथ्या विश्वास बोक्ने व्यक्तिभन्दा ठूला बन्धक संसारमा अरू कोही छैनन् ।’
जर्मन साहित्यकार गोएथेले व्यक्त गरेको स्वतन्त्रतासम्बन्धी यो अभिव्यक्तिले मानवजातिको दुःख दर्शाउँछ ।
सन् १९८९ मा बेइजिङमा भएको तियानमेन स्क्वायरको घटनापछि चीनले प्रकाशन गरेको पाठ्यक्रमलाई सम्भ्रान्त वर्गले गलत तरिकाले बुझे । हाम्रा नेताहरूले सोभियत संघ विघटनपछि चीनले पुँजीवादी व्यवस्था अँगाल्दै अन्य पश्चिमा देशजस्तै व्यवस्था लागु गर्छ भन्ने सोचेका थिए ।
अमेरिका र अन्य विदेशी आर्थिक र प्राविधिक पक्षसँग जोडिएको चीनले यसबीच ठूलो पुँजी संकलन गर्यो । त्यति नै मात्रामा धनाढ्यको जन्म भयो । यो पुँजीवादी विकासको नमुना थियो, जसले बिस्तारै चिनियाँ नागरिकलाई प्रजातन्त्र र स्वतन्त्रताको आभास गराउने सोचिएको थियो ।
यो एउटा राजनीतिक सिद्धान्तको अर्को व्यवस्था पनि हुन सक्छ भन्ने कुरा यसबीचमा बुझिएन । पुँजीको प्रचुर विकास गरेको चीनले अन्य दललाई नियन्त्रण र निर्मूलन गर्ने बाटो अख्तियार गर्यो । चीनले आफ्नो अर्थ नीतिमा स्वतन्त्रताको आवाज र अल्पसंख्यकलाई दबाउने नीति लियो, जुन युद्धअघिको नेशनल सोसलिस्ट पार्टी जर्मनीको प्रारूपसँग नजिक थियो ।
जर्मनीको पुनर्निर्माण र औद्योगिकीकरणको प्रयासले सन् १९३० को दशकमा सामान्यतया विल्हेल्म मेसेर्समिट, क्रुप परिवार, आईजी फर्बेनका हर्मन स्मिट्ज र क्लाउड डोर्निरजस्ता आविष्कारक र उद्योगीहरू अरूभन्दा धनाढ्य वर्गमा गनिन थाले । उक्त समयमा चीनलाई एक कट्टर कम्युनिस्ट हुनु घातक हुँदै थियो ।
हामीले चीनले अवलम्बन गर्न नखोजेको व्यवस्थाका विषयमा जानकारी लिने चेष्टा नै गरेनौँ । सन् २००९ मा लिऊ स्याओवाओ, जसले चीनभित्र स्वतन्त्रताको माग गर्दै बडापत्र ०८ लेखेका थिए, उनलाई एघार वर्षको काराबास सजाय घोषणा गर्दा नै हामीले चीनको यो संकेत बुझ्नुपर्ने थियो ।
यसको बदलामा युद्धअघिको जर्मन मोडल फरक थियो । जर्मनीले जस्तै आर्थिक, वैज्ञानिक र सैनिक हिसाबमा चीनजस्तो बृहत्तर जनसंख्या भएको देशले शक्ति सञ्चय गर्ने हो भने पूरा विश्वलाई नियन्त्रणमा लिन सक्ने हैसियत राख्थ्यो ।
सोभियत संघको पतनपछि चीनले आफ्नो आर्थिक विकासका लागि जेजस्तो नामको मुखौटा लगाए पनि खासमा चीन जर्मनीको जस्तै मोडलमा आफूलाई अभ्यस्त बनाउँदै थियो ।
चीनले आफ्नो विकास जारी राख्न र आफूले उत्पादन गरेका वस्तुमा मौलिकपनको आभास विश्वलाई दिन जरुरी ठान्यो । योसँगै राजनीतिक र सैद्धान्तिक दमन, बौद्धिक सम्पत्ति चोरी र छल गरेर भए पनि विदेशी पुँजीको उपयोग गर्ने आधार निस्तेज गर्नसक्ने अवस्थामा थिएन । यति हुँदा पनि चीनको शासन व्यवस्था सिद्धान्त र अलौकिक स्वतन्त्रताको जिद्दीपनमा अडिएको थियो ।
स्वतन्त्रतासँग सम्बन्धित विषय विश्वका कुलीन वर्गलाई लोभ्याउन र सहकार्य गर्न पर्याप्त थियो । त्यही सहकार्यको प्रतिफलस्वरूप चीनले आफ्नो दमनकारी शासन व्यवस्था झनै मजबुत बनाउँदै लग्यो ।
हामीले चीनले अवलम्बन गर्न नखोजेको व्यवस्थाका विषयमा जानकारी लिने चेष्टा नै गरेनौँ । सन् २००९ मा लिऊ स्याओवाओ, जसले चीनभित्र स्वतन्त्रताको माग गर्दै बडापत्र ०८ लेखेका थिए, उनलाई एघार वर्षको काराबास सजाय घोषणा गर्दा नै हामीले चीनको यो संकेत बुझ्नुपर्ने थियो ।
स्वतन्त्रता माग गर्ने लिऊलाई दिइएको सजायपछि पनि पश्चिमा प्रविधि र अर्थतन्त्रबाट चीन वञ्चित हुनुपरेन । लिऊले सन् २०१० को नोबेल शान्ति पुरस्कार त पाए तर त्यो लिन उनले सन् २०१७ सम्म कुर्नुपर्यो । उनी काराबास सजाय भोगिरहेका थिए । रिहा हुँदा उनलाई कलेजोको क्यान्सर देखियो ।
हामीले भोगिरहेको र देखिरहेको विषयमा पनि कहिलेकाहीँ दृष्टिभ्रम हुने गर्छ । कहिलेकाहीँ असत्य पनि सत्य लाग्न सक्छ, सत्य पनि असत्यजस्तो लाग्छ । यस्तो भोगाइले काल्पनिक विषय र सत्य छर्लङ्ग पारेको छ ।
अफिम युद्धपछि पश्चिमा देशको खटन मान्न परेको चीन पछि रुस र जपानबाट अतिक्रमणमा पर्यो, जसले गर्दा १८३९ बाट सन् १९४९ सम्म एक शताब्दी अपमानको बिरासतमा रहेको चीन त्यसलाई अन्त्य गर्न चाहन्छ ।
लोकतन्त्र पालनाको सम्बन्धमा चीनले वकालत गर्दै आएको आफ्नो तरिका र हालै चीनबाट सुरु भएको कोरोना भाइरसले पनि उसको लोकतन्त्रप्रतिको बुझाइ थप प्रष्ट पारेको छ । विषाक्त मानसिकताले हाम्रो सरकार, एकेडेमिक र व्यावसायिक क्षेत्रका अगुवालाई गाँजेको छ । यस्तो नेतृत्वले हाम्रो समाजमा आउन सक्ने विपत्ति सामना गर्न सक्ने हामी विश्वास गर्छौं ।
यस्तो अन्धोपनको अन्त्य हुनुपर्छ ।
जनगणतान्त्रिक मुलुक चीन अमेरिकी इतिहासमै अनौठो खालको खतराका रूपमा देखापरेको छ । कोरोना भाइरसको विपत्तिका कारण हामीले चीन र त्यसको कम्युनिस्ट शासनको छलकपट र त्यसले मावनजातिमा पारेको प्रभाव नजिकबाट देखेका छौँ ।
चीनमा लाखौँको संख्यामा निधन भएका मानिसको जिम्मा कम्युनिजमले लिनुपर्छ । आफ्नो शासन व्यवस्थालाई मजबुत राख्न अन्धविश्वासलाई चीनले आफ्नो साधन बनाएको छ ।
के हामी सुन्दैनौँ ?
नियन्त्रित शक्तिको भोको चीन एक प्रकारको सर्प, ओबोरबोरस (गोलाकार सर्प) जस्तो छ, जो आफूले आफैँलाई खान पनि पछि पर्दैन । पुँजीवादी देशबाट कमाएको पैसा कम्युनिजमको विकासमा खर्च गरेको छ अनि त्यही पुँजीवादी देशलाई हानी गर्दै त्यहाँ रहेका आफ्ना ग्राहकलाई क्षति पुर्याउने दिशामा लागिपरेको छ ।
ओबोरबोरसले सबै प्रकारको सुरुवात र अन्त्यको प्रतिनिधित्व गर्छ । अफिम युद्धपछि पश्चिमा देशको खटन मान्न परेको चीन पछि रुस र जपानबाट अतिक्रमणमा पर्यो, जसले गर्दा १८३९ बाट सन् १९४९ सम्म एक शताब्दी अपमानको बिरासतमा रहेको चीन त्यसलाई अन्त्य गर्न चाहन्छ ।
कोरोना भाइरस एउटा डरलाग्दो महामारी हो तर हामीले आजभन्दा दस–बीस वर्षपछिको विश्वको कल्पना गर्नुपर्ने हुन्छ, जुनबेला चीनको कुल गार्हस्थ उत्पादन अमेरिकाको भन्दा ५० प्रतिशतले धेरै हुनेछ । त्यसबेला चीनसँग कति शक्ति सञ्चय होला ? उनीहरूले अरूलाई नियन्त्रणमा लिन कस्तो हतियारको प्रयोग गर्लान् ?
सिर्जनशील विध्वंश हाल धेरै क्षेत्रसँग सम्बन्धित भए पनि यसको मुख्य अभ्यास मार्क्सको विचारमा पाइन्छ । नामले नै भन्छ कुनै पनि नयाँ विकासका लागि भएको संरचनाको विनाश आवश्यक छ । यही बाटो चिनियाँ कम्युनिस्ट पार्टीले पछ्याएको छ ।
हाम्रो देशको निष्क्रियताका कारण हामी चीनको यो प्रगतिलाई उचितरूपमा स्वीकार गरिरहेका छौँ । स्वीकार नगर्दा आर्थिक हिसाबमा हामीलाई नै ठूलो घाटा हुन्छ ।
कोरोना भाइरस एउटा डरलाग्दो महामारी हो तर हामीले आजभन्दा दस–बीस वर्षपछिको विश्वको कल्पना गर्नुपर्ने हुन्छ, जुनबेला चीनको कुल गार्हस्थ उत्पादन अमेरिकाको भन्दा ५० प्रतिशतले धेरै हुनेछ । त्यसबेला चीनसँग कति शक्ति सञ्चय होला ? उनीहरूले अरूलाई नियन्त्रणमा लिन कस्तो हतियारको प्रयोग गर्लान् ?
दोस्रो विश्व युद्धको सुरुवातमा धेरै रणनीतिकारले जर्मनी र जपानले युद्ध हार्ने पूर्वानुमान गरेका थिए । यो अनुमान गर्नुको पछाडि विभिन्न कारण थिए । जनसंख्या र प्राकृतिक स्रोतसाधनको हिसाबमा यी दुवै देश अमेरिकाले नेतृत्व गरेको शक्तिको तुलनामा कमजोर थिए ।
यी दुवै देश लामो समयसम्म युद्धमा रहन सक्ने अवस्थामा थिएनन् । त्यसपछि सोभियत संघले हाम्रो स्थायित्वमा ठूलो खलल पुर्यायो । विशेष गरी अन्तर्राष्ट्रिय शान्ति, विकास र व्यक्तिगत स्वतन्त्रताको विषयमा ।
सन् १९५० र ६० को दशकमा अमेरिकी गुप्तचर निकाय सीआईएका विश्लेषकहरूले सोभियत संघको अर्थतन्त्रले अमेरिकालाई उछिन्ने विश्लेषण गरिरहे । यस विषयलाई सोभियत प्रधानमन्त्री निकिता खुरस्चेव पनि बारम्बार दोहोर्याइरहन्थे । यो विश्लेषणले अमेरिकाको धेरै नीतिलाई प्रभावित पार्यो तर सोभियत संघ अमेरिकाको अर्थतन्त्रको नजिक कहिल्यै आउन सकेन । आज अमेरिकाको कुल गार्हस्थ उत्पादन रसियाको भन्दा बाह्रगुणा ठूलो छ ।
चीनले हाल अख्तियार गरेको उसको व्यापार नीतिलाई पश्चिमा देशले लागुऔषध कारोबारमा गरेको धोकाधढीसँग पनि जोडेर हेर्न सकिन्छ ।
चीनले अमेरिकालाई कम्तीमा अर्को दशकसम्म आर्थिकरूपमा पछि पार्नेजस्तो देखिएको छ । ‘प्रर्चेजिङ पावर प्यारिटी’ (पीपीपी) का आधारमा हेर्ने हो भने चीनले अमेरिकालाई पछि पारिसकेको छ ।
चीनका मानिसको प्रतिव्यक्ति आय अमेरिकाको तुलनामा कम छ । तर उनीहरूको जनसंख्या अमेरिकाको भन्दा करीब ४ दशमलव २५ गुणा ठूलो छ । त्यसैले चीनको प्रतिव्यक्ति आय कुनै विकसित देशको तुलनामा पुग्यो भने त्यसबेला चीनले आर्थिक हिसाबमा विश्वको जुनसुकै शक्तिलाई पनि पछि पार्ने ल्याकत राख्नेछ ।
पुनर्निर्माणको उद्देश्यलाई एकाकार गर्दै दोस्रो विश्व युद्धपछि अमेरिकाले पश्चिम युरोप र जापानको पुनर्निर्माणलाई निरन्तर सहयोग गर्दै आयो । यो पुनर्निर्माणमा अमेरिकाले चार चरणको कार्यक्रम छुट्टाछुट्टै राष्ट्रपतिको आठ कार्यकालसम्म जारी राख्यो, जसका कारण पुनर्निर्माणले निश्चित आकार लिन सकेको थियो ।
यही सहयोग कदमस्वरूप कम्युनिस्ट चीनले पनि अमेरिकाको सहयोग प्राप्त गरेको थियो । त्यस्तै अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले चीनलाई कूटनीतिक मान्यता दिँदै अमेरिका जनगणतन्त्र चीनसँग दुई पक्षीय सम्बन्ध राख्न तयार रहेको घोषणा गरेका थिए ।
तेस्रो भनेको, अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले चीनलाई विश्व व्यापार सङ्गठनको सदस्यको मान्यता दिनु हो । त्यस्तै, उनले चीनलाई नागरिक र सैन्य प्रविधिको प्रयोग एकैपटक गर्न पाउने छुट पनि दिएका थिए । राष्ट्रपति बाराक ओबामाले चीनलाई एक अनुकूल मित्र राष्ट्रको मान्यता दिँदै अमेरिकी संस्था र शक्तिको संरचनासँग एकाकार गराए ।
बेलायतका प्रख्यात अर्थशास्त्री एन्गस म्याडिसनले लेखेका छन्, ‘चीन पछिल्ला शताब्दीसम्म विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्रका रूपमा रहँदै आएको थियो । यो स्थान सन् १८९० मा अमेरिकाले लियो । अन्य देशको तुलनामा सन् १९५२ मा चीनको प्रतिव्यक्ति आय निकै कम थियो । त्यसबेलाको प्रतिव्यक्ति आय सन् १८२० को तुलनामा पनि कम थियो, जुन एक विरोधाभासपूर्ण छ ।
यो अवधिमा चीन विश्वको कुल अर्थतन्त्रको तेस्रो ठूलो देशबाट एक्काइसौँ स्थानमा झर्यो । ठूलो अर्थतन्त्रबाट अन्य देशसरह चीनको अर्थतन्त्र मध्यम भयो ।’
चीनको अर्थतन्त्र निरन्तर गिर्नुमा बेलायती सरकारले चीनसँग छेडेको अफिम युद्धलाई एक प्रमुख कारणका रूपमा लिन सकिन्छ । यो युद्धले चीनको लागुऔषध व्यापारमा रहेको एकलौटी बजार खुम्च्यायो । यस्ता अन्य धेरै कारणले उसको सार्वभौमसत्तामा धक्का लाग्यो ।
चीनले हाल अख्तियार गरेको उसको व्यापार नीतिलाई पश्चिमा देशले लागुऔषध कारोबारमा गरेको धोकाधढीसँग पनि जोडेर हेर्न सकिन्छ ।
टिंटसिन सन्धिले दोस्रो अफिम युद्ध समाप्त गर्यो, जसमा बेलायत, अमेरिका, फ्रान्स, रसियाले संयुक्तरूपमा हस्ताक्षर गरेका थिए । यो सन्धिलाई सन् १८६० मा चीनको तत्कालीन शासकले पहिचान दिएसँगै चीन थप धरासायी बनेको थियो ।
आज चीन आफूलाई एक देशभन्दा पनि सभ्यताका रूपमा हेर्छ । चिनियाँ कम्युनिस्ट पार्टीको दृष्टिकोणमा चीनले आज गरिरहेको शक्ति परिवर्तनको खेल जायज छ । तर, यही परिप्रेक्ष्यमा चीनको दाबी स्वीकार गर्दा हामीलाई चीनबाट आउने दिनमा थप खतरा हुनसक्नेतर्फ ध्यान दिनुपर्छ ।
(नेसनल इन्ट्रेस्टमा २० जुलाई २०२० मा प्रकाशित यो लेख हामीले नेपाली भाषामा भावानुवाद गरेका हौँ)
प्रतिक्रिया