बच्चालाई कसरी नुहाइदिनु हुन्छ ? आजै अपनाउनोस् यी उपाय  (टिप्स) « Khabarhub

बच्चालाई कसरी नुहाइदिनु हुन्छ ? आजै अपनाउनोस् यी उपाय  (टिप्स)


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- के तपाईं आफ्नो बच्चालाई नुहाइदिँदै हुनुहुन्छ ? त्यसो हो भने तपाईंले केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । किनभने बच्चालाई नुहाउने समयमा ध्यान नदिँदा धेरै प्रकारको समस्या निम्तिन सक्छ ।

बच्चा सुत्ने समय भएको बेला नुहाउनु हुँदैन, बच्चालाई भोक लागेको बेला नुहाउनु हुँदैन् । बच्चालाई धेरै समय लगाएर नुहाएमा चिसो लागेर बिरामी पनि पर्न सक्छ । त्यसकारण बच्चा नुहाउँदा विशेष सावधानी र ख्याल राख्नु आवश्यक हुन्छ ।

कहिले नुहाउने ?

खासमा बच्चालाई सुर्योदय भन्दा पहिले वा बिहानको समयमा नुहाउनु सबैभन्दा राम्रो मानिन्छ । किनभने बिहान नुहाएपछि दिउँसो घाम चर्कदै जान्छ । र बच्चालाई नुहाएर घाममा राख्न सकिन्छ । यो पूरानो मान्यताको पछाडि सायद केही तर्क अवश्य छ ।

नवजात शिशुले शरीरको तापक्रम नियन्त्रित गर्न सक्दैन र बच्चालाई चाँडै चिसो लाग्न सक्छ । बच्चालाई चिसो भएपछि उनीहरुले नुहाउँदा आनन्द लिन सक्दैन् । त्यसैले दिउँसो घाम चर्कदा बच्चालाई नुहाउँदा न्यानो हुन्छ र बच्चालाई आरामदायक तरिकाले नुहाइदिन सकिन्छ ।

यदि दिउँसो नुहाउँदा समय मिलेन भने साँझको समयमा पनि नुहाउँदा राम्रो हुन्छ । कतिपयलाई लाग्छ साँझ नुहाउँदा बच्चालाई चिसो लागेर बिरामी हुने खतरा बढ्छ । तर यो गलत हो ।

कस्तो हुनुपर्छ पानीको तापक्रम ?

नुहाउनको लागि हल्का तातो पानी प्रयोग गर्ने । बच्चालाई नुहाउँनको लागि पानीको तापक्रम ३८ डिग्री सेल्सियस वा १००.४ डिग्री फहरनहाइटको तापक्रम चाहिन्छ । यदि तपाईसँग थर्मोमिटर छैन्, भने कुहिनाले पानीको जाँच गर्न सकिन्छ । कुहिनामा हल्का तातो महशुस हुनुपर्छ, धेरै तातो होइन ।

बच्चालाई नुहाउनुभन्दा अघि के गर्ने ?

बच्चालाई नुहाइदिनु भन्दा अगाडि सबै तयारी गर्ने । पानी हल्का मनतातो बनाउने ताकी बच्चालाई चिसो नलागोस् ।

हप्तामा हरेक दिन साबुन वा स्याम्पु लगाउनु जरुरी हुँदैन् । हप्तामा दुई वा तीन पटक मात्र यसको प्रयोग गर्नुपर्छ ।

जुन कम्पनीको प्रोडक्ट प्रयोग गर्दै हुनुहुन्छ, त्यसको म्यानुफ्याक्चरिङ डेट आदि राम्रोसँग हेर्नुपर्छ । त्यहाँ दिएको निर्देशनहरु पनि राम्रोसँग पढेर मात्र प्रयोग गर्नुपर्छ ।

नुहाउनुभन्दा अगाडि बच्चालाई मसाज गर्नुपर्छ । नुहाइसकेपछि पनि बच्चाको छालामा मोस्चरराइजर लगाउन नबिर्सनुहोस् । जसले गर्दा बच्चालाई चिलाउने वा पोल्ने हुँदैन।

साबुनको प्रयोग गर्नुभन्दा अघि के गर्ने ?

पहिलो पटक बच्चाको साबुन वा स्याम्पुले नुहाउन लागेको हुनुहुन्छ भने उसको छालामा साबुन लगाएर हेर्ने ताकी बच्चालाई एलर्जी वा अन्य प्रकारको नोक्सान हुन्छ कि हुँदैन भनेर थाहा पाउन सकिन्छ । छालामा रातो देखिएमा त्यो प्रोडक्ट प्रयोग नगर्ने ।

६ महिनाभन्दा कम उमेरको शिशुलाई साबुनले रगडेर पनि नुहाउनु हुँदैन् । साबुनलाई हातमा लगाएर शिशुको छालामा लगाइदिनुपर्छ ।

सुगन्धयुक्त साबुनको प्रयोगबाट बच्नुहोस् । जुन साबुनबाट बास्ना अधिक आउँछ त्यसमा केमिकल धेरै हुन्छ जसले बच्चाको कोमल छालामा नकारात्मक असर गर्छ ।

बच्चाको छालालाई धेरै रगड्नु आवश्यक हुँदैन् । किनभने बच्चाको छालामा धूलो जमेको हुँदैन् त्यति फोहोर पनि हुँदैन् । सिर्फ मसाज गर्ने र नुहाइदिए पुग्छ ।– एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ५ : ४० बजे

प्राध्यापकको कटाक्ष- ‘लोकसेवा फेल र दलका कार्यकर्ताले पाठ्यपुस्तक लेख्दा नेपाली भाषा ध्वस्त’

नेपाली भाषाको शुद्धताको बारेमा लामो समयदेखि विवाद हुँदै आएको छ।

डुबेर तीन वर्षीय बालकको निधन

झापा – झापा गाउँपालिका–२ सडकबारीमा खेल्ने क्रममा पानी जमेको खाल्डोमा

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्र

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले

रास्वपाको केन्द्रीय समिति बैठकबाट बालेनसँगको सहमति अनुमोदन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगपालिकाका प्रमुख

प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम

भोजपुर – पूर्वी पहाडी जिल्ला भोजपुरमा आगामी फागुन २१ गतेको