हिल्साको तापक्रम माइनस १५ डिग्री सेल्सियस, नदीमा जम्यो बरफ « Khabarhub

हिल्साको तापक्रम माइनस १५ डिग्री सेल्सियस, नदीमा जम्यो बरफ


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- हुम्लाको नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको सीमाक्षेत्र हिल्साको कर्णाली नदीमा बरफ जमेपछि हिल्सामा रहेका सुरक्षाकर्मी र घर कुरुवालाई समस्या भएको छ ।

चिसो अत्याधिक बढेको हिल्सामा हाल तापक्रम माइनस १५ डिग्री सेल्सियस पुगेको छ । नाम्खा–५ अन्तर्गत पर्ने हिल्सा क्षेत्रको कर्णाली नदीमा बरफ जमेर पानी नदेखिने भएको सीमा सुरक्षाका लागि बस्दै आएका हिल्सा (बिओपी) का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसीले बताए ।

उनका अनुसार नदीमा पानी नदेखिएर बरफले सेताम्मे देखिने गरेको छ । यो क्षेत्रमा यतिखेर घाम नलाग्ने भएका कारण चौबिसै घण्टा नदीमा बरफ जम्ने गरेको छ ।

नदीमा जमेको बरफमाथि चाहेमा वारपार गर्नसमेत सकिने भएको छ । चिसोका कारण नाकामा बस्दै आएका सशस्त्र प्रहरी र घर कुरुवा व्यक्तिहरुलाई बाहिर निस्किनसमेत समस्या भएको केसीले बताए ।

सो ठाउँका घरहरु कर्णाली नदी नजिकै रहेकाले पनि हावाको वेगले बसिनसक्नु भएको उनको भनाइ थियो । नारा लेकका हिमालहरुले हिल्सा बजार एउटा कोप्चो जस्तै परेकाले समयमै घामसमेत नलाग्ने गरेको हो । त्यसैले उक्त क्षेत्रमा नियमित घाम नलाग्ने र बिहानैबाट हावा चल्ने गर्दछ ।

अत्याधिक चिसो बढेपछि खानेपानीको धारामा समेत पानी जम्न थालेको छ । उनले भने, ‘पानी तताएर हालेपछि मात्र धाराको पानी आउँछ, चिसोका कारण हातमुख धुन पनि कठिन भएको छ, अत्याधिक चिसोले बिहान ११ नबज्दासम्म बाहिर निस्कन सकिँदैन ।’

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ७ : ०५ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई