यस्तो छ बच्चाहरु रुनुको कारण « Khabarhub

यस्तो छ बच्चाहरु रुनुको कारण


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामान्यतया कुनैपनि बच्चा जन्मने वित्तिकै रुने गर्छ । यसरी रुनु भनेको उसले केही व्यक्त गर्नु हो ।

बच्चा रुँदा उसले केही भन्न खोजिरहेको भनेर बुझ्नु आवश्यक हुन्छ । उसले रोएर आफ्नो आमासँग सम्पर्क गर्ने एक माध्यम बनाएको हो । बच्चाले केहि बोल्न नसक्ने हुँदा उनको मनको कुरा बुझ्न गाह्रो हुन्छ ।

किन रुन्छ त बच्चा ?

भोक लाग्दाः भोक लाग्दा भर्खरै जन्मेको बच्चा धेरै रुन्छ । बच्चाको पेट सानो हुन्छ । त्यसकारण एकैपटक धेरै दुध खान सक्दैन् । दिनमा पटक पटक दुध खुवाईरहनुपर्छ । कम्तीमा ८–१० पटकसम्म दुध खुवाउनुपर्छ । बच्चालाई दुध नपुगेर पनि रुन सक्छ ।

दिशापिसाव गरेरः दिशा पिसाव गरेर कपडा भिज्दा बच्चाले असहज महसुस गर्छ । त्यसकारण बच्चा रुन्छ । धेरैबेर सम्म बच्चालाई भिजेको कपडामा राख्दा खटिरा आउन सक्छ । बच्चालाई समय समयमा दिशापिसाव गरे नगरेको हेरिराख्नुपर्छ । भिजेको कपडा तुरुन्त फेर्नुपर्छ नत्र बच्चालाई चिसो लाग्ने खतरा पनि बढ्छ ।

काखमा आउनको लागिः नवजात शिशुलाई आमाको स्पर्श राम्रो लाग्छ । बच्चालाई आमाको काखमा बसिराख्न मन लाग्छ । कहिलेकाहि बच्चा आमाको काखमा आउनको लागि पनि रुन्छ ।

गर्मी वा जाडो भएमाः बच्चाको छाला धेरै संवेदनशिल हुन्छ । कोठाको तापक्रम चिसो भएमा छिट्टै चिसो भएको महसुस गर्छ र गर्मी भएमा छिट्टै गर्मी महशुस गर्छ । बच्चालाई धेरै चिसो वा धेरै तातो भएमा असर गरिहाल्छ । त्यसकारण कोठाको तापक्रम सामान्य राख्ने कोसिस गर्नुहोस् वा कोठाको तापक्रम अनुसार बच्चालाई कपडा लगाइदनुहोस् ।

पेटमा ग्याँस जमेरः ३ हप्ता देखि ३ महिनासम्मको बच्चालाई ग्याँसको समस्या धेरै हुन्छ र यो समयमा पनि बच्चा धेरै रुन्छ । कहिलेकाही बच्चालाई एलर्जी वा शरिरमा चिलाएर र किराहरुले टोकेर पनि रुन्छ ।

निन्द्रा पूरा नभएरः बच्चाको निन्द्रा पुरा नहुँदा पनि बच्चा रुन्छ । त्यसैले बच्चालाई शान्त वातावरणमा सुताउने कोसिस गर्नुपर्छ ।

थकान हुँदाः कहिलेकाही बच्चा थाकेको हुन्छन् । जसकारण उनीहरुलाई निन्द्रा लाग्दैन र रुन्छन् ।

बिरामी हुँदाः यदि बच्चा अचानक धेरै रुन्छ र अचानक रुन छाड्छ भने यसको मतलव बच्चा स्वस्थ छैन भन्ने बुझ्नुपर्छ । बच्चा स्वस्थ नभएको शंका लागेमा तुरुन्त चिकित्सककोमा लानुपर्छ ।

ध्यान आकर्षित गर्नको लागिः कहिलेकाही बच्चा आमाको ध्यान आफुतिर तान्नको लागि पनि रुन्छ । त्यसकारण जब बच्चा रुन्छ उसलाई काखमा बोकेर एकछिन खेलाउने । बच्चाको महसुस गराउनुहोस कि तपाई उसको साथमा हुनुहुन्छ ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ६ : २४ बजे

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर