भारततर्फ लैजाँदै गरेका दुई युवतीको उद्धार « Khabarhub

भारततर्फ लैजाँदै गरेका दुई युवतीको उद्धार


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- भारततर्फ लैजाँदै गरेका दुई युवतीको सशस्त्र प्रहरीले गएराति उद्धार गरी शान्ति पुनःस्थापना केन्द्र त्रिनगर कैलालीमा बुझाएको छ ।

बोर्डर आउटपोष्ट डोकेबजार र बोर्डर आउट पोष्ट आपतालबाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेका वेदकोट नगरपालिका–१ हात्तिथलका १८ वर्षीया र धादिङ छाख्रे गाउँपालिका–५ बस्ने २० वर्षीया गरी दुई युवतीको उद्धार गरेको हो ।

उद्धार गरिएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि शान्ति पुनःस्थापन केन्द्र त्रिनगरमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए ।

युवतीलाई भारततर्फ लैजाने कार्यमा संलग्न वेदकोट–१ हात्तिथलाका २० वर्षीय लोकेन्द्र बोहरा र बझाङ जिल्ला मष्टा गाउँपालिका–३ ठकुरीथानाका २१ वर्षीय सुनिल बोहरालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा बुझाइएको उनले बताए ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ११ : १५ बजे

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन जारी, प्रधानमन्त्री कोषमा रकम जुट्दै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितका

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार