निर्वाचन आयोग पुगेर माधव नेपालले भने– सूर्य चिह्नमा कसैले आँखा नलगाए हुन्छ « Khabarhub

निर्वाचन आयोग पुगेर माधव नेपालले भने– सूर्य चिह्नमा कसैले आँखा नलगाए हुन्छ


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा प्रचण्ड–नेपाल समूह) का अध्यक्ष माधवकुमार नेपालले सूर्य चुनाव चिह्नमा कसैले आँखा लगाउन नसक्ने बताएका छन् ।

आज २९५ केन्द्रीय सदस्यको हस्ताक्षर लिएर आयोग पुगेका नेपालले आफूहरुले नै वैधानिकता पाउने दाबी गरे ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेता र २९५ जना केन्द्रीय सदस्यहरुको हस्ताक्षर लिएर नेता नेपाल निर्वाचन आयोगको कार्यालय पुगेका छन् । उनले प्रचलित कानूनकै आधारमा आयोगले निर्णय लिने पनि विश्वास व्यक्त गरेका छन् ।

माइतीघर मण्डलाबाट र्‍यालीसहित आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई वैधानिकता दावी गर्दै गरिएको हस्ताक्षर बुझाइएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वैधानिकता विवाद निरुपण तोकिएको अवधिभन्दा अगाडि नै हुने बताएका छन् ।

पुष्पकमल दाहाल र माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, मातृका यादव, गिरिराजमणि पोख्रेल,देव गुरुङ, रघुजी पन्त, देबेन्द्र पौडेल, जनार्दन शर्मा, घनश्याम भुषाल, बर्षमान पुन, जीवनराम श्रेष्ठ, सुरेन्द्र पाण्डे, पूर्णकुमारी सुवेदी, योगेश भट्टराई, पम्फा भुसाल, शलिकाराम जम्कटेल, भीम रावल, गोकर्ण बिष्टसहित ३० जना आयोग पुगेका छन् ।

अन्यलाई जमलस्थित एल्लोपगोडा होटेल गाडि रोकेर राखिएको छ ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  १ : ५९ बजे

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज

दसैँको रौनक : ‘परिवार’को ‘रातो टीका’ गीत सार्वजनिक

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ ले पनि दर्शकलाई

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण