पुस १४ गते काठमाडौंमा लाखौंको प्रदर्शन हुनेछ : योगेश भट्टराई | Khabarhub Khabarhub

पुस १४ गते काठमाडौंमा लाखौंको प्रदर्शन हुनेछ : योगेश भट्टराई


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले आगामी पुस १४ गते काठमाडौँमा विशाल प्रदर्शन गर्ने बताएका छन्।

प्रचण्ड–नेपाल पक्षका नेताहरु कान्तिपथस्थित निर्वाचन आयोग जानुअघि आयोग बाहिर जम्मा भएका प्रदर्शनकारीलाई सम्बोधन गर्दै अब काठमाडौँमा ठूलो प्रदर्शन हुने बताए ।

उनले संसद पुनर्स्थापना नहुँदासम्म र बालुवाटारमा आफ्नो पक्षले चुनेको प्रधानमन्त्री नबस्दासम्म सडक नछाड्ने बताएका छन्।

नेता भट्टराईले भने ‘अब छिट्टै नै प्रधानमन्त्री हाम्रो हुँदैछ। प्रतिनिधि सभा पुनर्स्थापना हुँदैछ । अब यो आन्दोलन देशव्यापी अगाडि बढ्नेछ। पुस १४ गते काठमाडौँमा विशाल प्रदर्शन गरिनेछ । सबै ७७ जिल्लामा यो प्रदर्शन हुनेछ।’

उनले १४ गतेको विशाल प्रदर्शनका लागि तयारी अवस्थामा रहन पनि आह्वान गरेका छन् ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  २ : ३३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’