केपी ओली गणतन्त्र र संघीयताको विरोधी हो : माधव नेपाल « Khabarhub

केपी ओली गणतन्त्र र संघीयताको विरोधी हो : माधव नेपाल

'उहाँलाई मनपर्ने एकमात्र शब्द हो–केपीबा'


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयता विरोधी भएको आरोप लगाएका छन् ।

आफ्नो समूहको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले अहिले ओली नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने अभ्यासमा जुटेको बताए । उनले भने, ‘केपी ओली गणतन्त्र र संघीयता विरोधी हो । उहाँ अहिले कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्दै हुनुहुन्छ । कुनदिन कम्युनिस्ट आन्दोलनलाई नै ध्वस्त पार्नुहुनेछ ।’

ओलीसँगको सम्बन्ध एकदुई वर्षको नभई ४९ वर्षको रहेको भन्दै नेता नेपालले ओलीलाई नजिकबाट चिनेको बताए । उनले भने, ‘ओलीलाई बैठक छलफलसँग एलर्जी छ । त्यो भनेको तानाशाही प्रवृत्ति हो । उहाँलाई मनपर्ने एकटै शब्द केपी बा हो । जसले केपी बा भन्दै उहाँप्रति समर्पित हुन्छ त्यो मात्र उहाँको नजिक हुन्छ ।’

नेता नेपालले नेकपा आफूहरुको हुने बताए ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ३ : २९ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री