प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् पुनर्गठन, पाँच मन्त्री नियुक्त | Khabarhub Khabarhub

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् पुनर्गठन, पाँच मन्त्री नियुक्त


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।

संसद विघटनपछि प्रचण्ड नेपाल समूहका मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका मन्त्री पदमा शुक्रबार ओलीले ५ जना मन्त्री नियुक्ति गरेका हुन् ।

जसअनुसार श्रममन्त्रीमा प्रभु साह रहेका छन् भने पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई नियुक्ति गरिएको छ ।

यसैगरी टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीहरुको सपथग्रहण साँझ ७ बजे हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

मन्त्री बनेका प्रभु शाह प्रचण्ड-नेपाल पक्षमा लागेका भएपनि माधवकुमार नेपाललाई अध्यक्ष बनाएपछि असन्तुष्ट व्यक्त गर्दै ओली पक्षमा गएका हुन् । संसद विघटनपछि प्रचण्ड र नेपाल पक्षका ७ जना मन्त्रीले राजीनामा दिएका थिए ।

प्रतिनिधिसभा विघटनपछि प्रचण्ड-नेपाल पक्षका मन्त्रीहरु पर्यटनमन्त्री योगेश भट्टराई, कृषिमन्त्री घनश्याम भुसाल, उर्जामन्त्री बर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणी पोखरेल, वनमन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानीमन्त्री विना मगरले सामुहिक राजीनामा दिएका थिए ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ५ : ५७ बजे

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही

अनुदानको प्रतीक्षामा बाँकेका किसान

राँझा– नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको

साइबर अपराधमा सनसनी मच्चाउने ह्याकर

युरोपको एउटा कुख्यात ह्याकर जेल परे । ३३ हजार भन्दा