नेपालमा कोरोना भाइरस देखिएपनि आत्तिनुपर्ने अवस्था छैन : चिकित्सक « Khabarhub

नेपालमा कोरोना भाइरस देखिएपनि आत्तिनुपर्ने अवस्था छैन : चिकित्सक


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनको युहान प्रान्तबाट फैलिएको कोरोना भाइरस नेपालमा देखिए पनि आतङ्कित हुनुपर्ने अबस्था नरहेको चिकित्सकहरुले बताएका छन् ।

एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुनाले सतर्कता भने अपनाउनुपर्ने सम्बन्धित विज्ञहरूले सुझाव दिएकाछन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना भाइरसको जोखिम भयावह हुनाले यसबाट बच्नुपर्ने बताए ।

छिमेकी मुलुकमा महामारीको रुप लिएको भन्दै डा. पुनले नेपाल पनि कोरोना भाइरसबाट प्रभावित हुनसक्ने बताए ।

केहीदिन अघि चीनबाट नेपाल आएका एक विद्यार्थीलाई कोरोना भाइरस भएको पुष्टि भएको थियो । उनले पशुपन्क्षीबाट कोरोना भाइरस सर्ने हुनाले मासु पकाउँदा राम्रोसँग पकाएर खानुपर्ने सुझाव दिए ।

कोरोना भाइरस पशुमा देखापर्ने भन्दै यो भाइसर मानिसमा देखा परेमा समस्या हुने डा पुनले बताए । नोबेल कोरोना भाइरस नयाँ प्रजातिको भाइरस भएको पनि उनले जानकारी दिए ।

कोरोना भाईरसको लक्षणमा एक सय चार डिग्रीभन्दा बढी तापक्रम ज्वरो आउने, श्वासप्रस्वासमा समस्या हुने, रुघाखोकी लाग्ने जस्ता लक्षण देखापर्ने पुनको भनाई छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.वासुदेव पाण्डेले पछिल्लो समय देखिएको भाइरस नयाँ प्रजातिको भएको बताए ।

कोरोना भाइरस विशेषगरी पशुमा देखापर्ने उल्लेख गर्दै उनले नयाँ देखिएको भाइरसले चीनलगायत युरोप, अमेरीका, थाइल्याण्ड, ताइवान लगायतका देशमा देखिएको जानकारी दिए ।

कोरोना भाइरसको उपचार गर्न टेकु अस्पताल तयारी अवस्थामा रहेको उनको भनाई थियो । उनले टेकु अस्पतालले चीनबाट आएका विद्यार्थीकोपनि उपचार गरी पठाएको जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले कोरोना भाइरस सरुवा रोग भएकाले सतर्क हुनुपर्ने बताए ।

कोरोना भाइरस नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालय सक्षम रहेको उनको भनाई छ । उनले चीनसँगका नाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट आउने सबै व्यक्तिको स्वास्थ्य परीक्षण गरिन थालेको जानकारी दिए ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ७ : १९ बजे

राम्जाको गाउँदेखि काठमाडौँसम्म : सपनाको यात्रा तय गर्दै गायिका दीपिका पौडेल

‘तिमी राम्रो गाउँछौ, नाच्न पनि जान्दछौ।’यो एउटा सामान्य वाक्य जस्तो

४० वर्षदेखिको उद्योग बक्यौता उठ्न थाल्यो, ५१ करोडभन्दा बढी असुल

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि ४०

रोल्पाको थबाङमा पहिरो: तीन जनाको मृत्यु, दुई घाइते र नाै जना बेपत्ता

रोल्पा – रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका ४४

‘युवा पुस्ताले चाहेको परिवर्तन प्रविधि, उद्यमशीलता र अवसर हो’

चितवन– चितवनका युवाले उद्यमशीलतालाई राजनीतिसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।