श्री स्वस्थानी व्रतकथाबारे चार रोचक प्रसंग « Khabarhub

श्री स्वस्थानी व्रतकथाबारे चार रोचक प्रसंग


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अहिले श्री स्वस्थानीको व्रतकथा चलिरहेको छ । हरेक दिन एक–एक अध्याय घर–घरमा वाचन गरिँदै आएको पाइन्छ ।

विशेषगरी विवाहित महिलाहरुले पतिको दिर्घायूको कामना र अविवाहित महिलाले सुयोग्य बरको कामना गर्दै श्री स्वस्थानीको व्रत बस्ने गरेको पाइन्छ ।

काठमाडौंको शालीनदीमा बसेर व्रत लिनेहरू पनि उल्लेख्य मात्रामा छन् । नेपालको मध्यपहाडी क्षेत्रमा स्वस्थानी व्रतकथा निकै प्रचलित रहेको देखिन्छ। नेपाली महिलाबीच प्रचलित स्वस्थानीका कतिपय प्रसङ्गबारे पछिल्ला वर्षहरूमा आलोचना पनि हुने गरेको छ।

स्वस्थानीको कथाले महिलाहरूलाई ‘दोस्रो दर्जा’को मानिसका रूपमा देखाएको आलोचकहरूको कथन रहने गरेको छ। तर अहिले नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएको स्वस्थानीको कथा काठमाडौं उपत्यकामा लेखिएको र उपत्यका केन्द्रित कथा रहेको इतिहास तथा संस्कृतिविद्हरूले बताउने गरेका छन्।

काठमाण्डू केन्द्रित कथा

कतिपय अनुसन्धानकर्ताहरूले स्वस्थानीको कथालाई काठमाडौंको कथा भन्ने गरेको पनि सुनिन्छ। तर यो काठमाडौंकै भने होइन काठमाण्डू केन्द्रित कथा भने हो।

शुरुमा यो कथा संस्कृतमा लेखिएको फेला परेको छ। संस्कृतमा लेखिएको केही वर्षपछि त्यसलाई नेपाल भाषा ९नेवारी०मा उल्था गरिएको पाइन्छ। त्यसको धेरै पछि मात्र त्यसलाई नेपालीमा उल्था गरिएको हो।

संस्कृत भाषामा नेपाल संवत ६९३ अर्थात् विक्रम संवत १६३० मा स्वस्थानीको व्रतकथा लेखिएको भेटिएको छ। त्यसलाई नेपाल संवत ७ सय २३ अर्थात् विक्रम संवत १६६० मा नेपाल भाषामा उल्था गरिएको भेटिन्छ।

शुरुको कथा

शुरुमा संस्कृतमा लेखिएको स्वस्थानीमा व्रतकथामा त्यसलाई लिङ्ग पुराणको कथा भनिएको छ। त्यसपछि कसैले शिव पुराण त कसैले स्कन्ध पुराण भनेर लेखेको देखिन्छ।

तर शुरुमा अहिलेको जस्तो ३२ अध्यायको स्वस्थानी व्रतकथा थिएन। त्यसबेला दुईरचार दिनमा पढेर सकिने खालको कथा मात्र थियो। त्यो पनि अहिलेको जस्तो सबै कथा थिएन। गोमा ब्राह्मणी र उनका छोरा नवराजको कथा मात्र थियो। अनि पूजाविधि सिकाइएको थियो।

बिस्तारै त्यसमा अन्य कथाहरू जोडिन थाले। सृष्टि र संहारका कथा जोडिए। शक्तिपीठका कथा पनि जोडिए।

शैव र वैष्णव मिश्रण

स्वस्थानी भनेको शैव र वैष्णव कथाहरूको मिश्रण हो। यसमा विभिन्न पुराणका कथाका सारांशहरू जोडिएका छन्।
शिव र विष्णुका कथाहरू जोडेर एउटा मौलिक खालको कथा जस्तो बनाइएको छ। त्यसबेला विभिन्न स्थानमा आफ्नै पुरणाहरू लेख्ने चलन चलेको जस्तो देखिन्छ। त्यसै अनुसार यो पनि काठमाडौं केन्द्रित स्थान पुराण जस्तो बन्यो।

शुरुमा अन्य पुराणको भनेर पनि लेखिए पनि स्कन्ध पुराण चाहिँ धेरै चल्तिमा आएको छ। कुमार र अगस्त्यको संवाद चाहिँ स्कन्ध पुराणबाट लिइएको देखिन्छ।

देशभर कसरी फैलियो ?

पहिले मानिसहरूले पढ्नलेख्न जान्दैन थिए। त्यस्तो बेलामा यस्ता कथाहरू सुन्ने भनेकै पुराण लगाएका बेला हुन्थ्यो। तर आजभन्दा डेढ दुई सय वर्ष अघि नेपाली भाषामा स्वस्थानी लेखियो। त्यो स्वस्थानी घरघरमा पुग्यो। त्यसलाई पढ्नका लागि पण्डित नै नचाहिने भयो।

स्वस्थानी माधवनारायणको व्रत

कथामा अन्य धार्मिक कथाहरूमा जस्तो अन्यत्र भन्दा पनि नेपाल भित्रकै कुराहरू वर्णन गरिएकाले पनि धेरैलाई यसले आकर्षित गर्यो ।

यो नेपाली जीवनको एउटा स्वतन्त्र कथा जस्तो बन्यो। त्यसले गर्दा यो धेरै लोकप्रिय भयो। मध्यकालमा वसन्तपुर नजिकै एउटा स्वस्थानीको मूर्ति भने स्थापना भएको देखिन्छ। बीबीसीबाट

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ७ : ५९ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका