२१ गोल गरेर कीर्तिमान बनाउँदै रोबर्ट लेवान्डोस्की « Khabarhub

२१ गोल गरेर कीर्तिमान बनाउँदै रोबर्ट लेवान्डोस्की


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रोबर्ट लेवान्डोस्कीले लगातार गोल गर्ने क्रम जारी राखेका छन् । जर्मन बुण्डेसलिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्यन म्युनिखले एफसी शाल्केलाई ५–० ले पराजित गर्ने क्रममा लेवान्डोस्कीले गोलको सुरुवात गरेका हुन् ।

घरेलु मैदानमा भएको खेलमा लेवान्डोस्कीले छैटौँ मिनेटमा गोल गर्दै बार्यन म्युनिखलाई सुरुवाति अग्रता दिलाए । उनले बुण्डेसलिगामा यो सिजन अहिलेसम्म २१ गोल गरिसकेका छन् ।

उनी लिगका सुरुका १९ खेलमा २१ गोल गर्ने सन् सन् १९७२–७३ को सिजन यताका पहिलो खेलाडी हुन् । सो सिजनमा जेर्ड मुलरले यो कीर्तिमान बनाएका थिए ।

बार्यन म्युनिकका लागि पहिलो हाफको इन्जुरी समयमा थोमस मुलरले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसअघि मुलर र लेवान्डोस्कीले गरेको गोलले मान्यता पाएको थिएन । दोस्रो हाफमा बार्यनले थप तीन गोल गरेको हो ।

उसका लागि ५० औँ मिनेटमा गारेट्ज्का, ५८ औँ मिनेटमा थिएगो अल्कान्तारा तथा ८९ औँ मिनेटमा ग्नाब्रीले गोल गरेका हुन् । जितपछि दोस्रो स्थानको बार्यन म्युनिखको १९ खेलबाट ३९ अंक भएको छ ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ८ : ११ बजे

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा

खाली सिलिन्डर र थाल-कचौरा बोकेर आयग निगमको मुख्यालय घेराउ (तस्बिरहरू)

काठमाडौं– खाना पकाउने ग्यासको अभाव चर्किएपछि विद्यार्थी संगठनहरूले शुक्रबार नेपाल

मोती पुरस्कारबाट युवा साहित्यकार चौधरी सम्मानित

काठमाडौँ- युवा साहित्यकार इन्द्रबहादुर चौधरीलाई ‘युवा वर्ष मोती पुरस्कार, २०८२’

इरान–साउदीबीच क्षेत्रीय असुरक्षाबारे छलफल

रियाद- यमनमा पुनः युद्ध चर्किएसँगै इरान र साउदी अरबका शीर्ष