ट्यांकर चालकले रोके हवाई इन्धनको ढुवानी « Khabarhub

ट्यांकर चालकले रोके हवाई इन्धनको ढुवानी


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ट्यांकर चालकहरुले हवाई इन्धनको ढुवानी रोकेका छन्। आयल निगमले आफ्ना माग पूरा नगरेको भन्दै भारतबाट हुने हवाई इन्धनको ढुवानी रोकेका हुन् ।

चालक र निगमबीच शुक्रबार भएको वार्तामा सहमति नजुटेपछि शनिबारबाट ढुवानी रोकिएको हो। चालकहरुले प्राविधिक कारणबाट हुने चुहावटको सीमा सम्बन्धि व्यवस्था खारेज गर्नुपर्ने लगायतका ८ बुँदे माग राखेका छन्।

निगमले भने तेलको चोरी रोक्न गरिएको व्यवस्था खारेज गर्न नसकिने बताएको छ। ५० लिटरभन्दा धेरै चुहावट भए चालकले त्यसको दोब्बर क्षतिपूर्ति दिनुपर्ने व्यवस्था छ। सो व्यवस्था खारेज गर्नुपर्ने ट्यांकर चालकहरुको माग छ।

यसअघि चालकहरुले तेल चोरी गरेका घटनाहरु बढेपछि निगमले कडाईँ गरेको थियो। निगमले कडाईँ गरेपछि चालकहरुले विभिन्न बाहाना बनाएर आन्दोलन गर्दै आएका छन्।

तत्काल हवाई इन्धनको आपूर्ति सुचारु नभए इन्धनको अभाव देखिने जनाइएको छ। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक करिब ५ लाख लिटर हवाई इन्धनको माग छ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ९ : १३ बजे

ट्रम्पले युद्धविराम लम्ब्याएकै दिन होर्मुज क्षेत्रमा तीन जहाजमाथि आक्रमण

मध्यपूर्व- होर्मुज जलडमरूमध्य क्षेत्रमा बुधबार कम्तीमा तीन वटा जहाजमा गोली

सुत्केरी महिलामाथि घर र अस्पतालमै हिंसा : एकतिहाइभन्दा बढी पीडित

काठमाडौं– सुत्केरी तथा गर्भवती महिलामाथि घर र स्वास्थ्य संस्थाभित्रै हिंसा

सुधन हिँडेपछि गृहमन्त्रीमा दीपक बोहरा, राजुनाथ र विश्वराजको चर्चा

काठमाडौं- गृहमन्त्री पदबाट सुधन गुरुङले राजीनामा दिएसँगै प्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेश सरकार सञ्चार क्षेत्रको समग्र विकासको पक्षमा छ : मुख्यमन्त्री शाह

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार सञ्चार क्षेत्रको

प्रचण्डको टिप्पणी- गृहमन्त्रीले राजीनामा दिएर राम्रो गरे

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीले पदबाट