ट्यांकर चालकले रोके हवाई इन्धनको ढुवानी | Khabarhub Khabarhub

ट्यांकर चालकले रोके हवाई इन्धनको ढुवानी


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ट्यांकर चालकहरुले हवाई इन्धनको ढुवानी रोकेका छन्। आयल निगमले आफ्ना माग पूरा नगरेको भन्दै भारतबाट हुने हवाई इन्धनको ढुवानी रोकेका हुन् ।

चालक र निगमबीच शुक्रबार भएको वार्तामा सहमति नजुटेपछि शनिबारबाट ढुवानी रोकिएको हो। चालकहरुले प्राविधिक कारणबाट हुने चुहावटको सीमा सम्बन्धि व्यवस्था खारेज गर्नुपर्ने लगायतका ८ बुँदे माग राखेका छन्।

निगमले भने तेलको चोरी रोक्न गरिएको व्यवस्था खारेज गर्न नसकिने बताएको छ। ५० लिटरभन्दा धेरै चुहावट भए चालकले त्यसको दोब्बर क्षतिपूर्ति दिनुपर्ने व्यवस्था छ। सो व्यवस्था खारेज गर्नुपर्ने ट्यांकर चालकहरुको माग छ।

यसअघि चालकहरुले तेल चोरी गरेका घटनाहरु बढेपछि निगमले कडाईँ गरेको थियो। निगमले कडाईँ गरेपछि चालकहरुले विभिन्न बाहाना बनाएर आन्दोलन गर्दै आएका छन्।

तत्काल हवाई इन्धनको आपूर्ति सुचारु नभए इन्धनको अभाव देखिने जनाइएको छ। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक करिब ५ लाख लिटर हवाई इन्धनको माग छ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ९ : १३ बजे

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार