भारतले ७१ औं गणतन्त्र दिवस मनाउँदै « Khabarhub

भारतले ७१ औं गणतन्त्र दिवस मनाउँदै


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले आइतबार ७१ औँ गणतन्त्र दिवस मनाउँदैछ । गणतन्त्र दिवसको अवसरमा राजधानी दिल्लीको राजपथमा हुने परेडमा ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो प्रमुख अतिथि रहने छन् ।

भारतीय राष्ट्रपति रामनाथ कोविन्दले परेडमा उपस्थित भएर सलामी लिने छन् । परेड ९० मिनेटसम्म चल्ने छ । यसमा सैन्यकला सँगै देशको सांस्कृतिक, सामाजिक तथा आर्थिक स्थितिबारे पनि विभिन्न झलकहरु देखाइने छ ।

यो वर्षदेखि राष्ट्रिय युद्ध स्मारकलाई पनि परेड कार्यक्रममा समेटिने भएको छ । यसअघि प्रधानमन्त्रीले अमर जवान ज्योतिमा पुष्पाञ्जली अर्पण गर्थे तर यो पटक प्रधानमन्त्री नरेन्द्र मोदी युद्ध स्मारक जाने छन् ।

त्यसपछि राजपथमा राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रिय झण्डा फहराउने कार्यक्रम हुनेछ । लगत्तै २१ तोपको सलामी दिइने छ । गणतन्त्र दिवसको पूर्वसन्ध्यामा राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रका नाममा सम्बोधन गर्दै एकताका लागि आह्वान गरेका थिए ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ७ : १२ बजे

जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

टोकियो- जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको

सुशासनका सवालमा सरकार असफल देखियो : खुस्बु ओली

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुशासनका सवालमा

सभामुखले भने- आईपीयू बैठकमा बाढीपहिरो र जलवायु असरबारे आवाज उठाउँछु

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले अन्तर–संसदीय संघ(आइपीयु)को बैठकमार्फत जलवायु परिवर्तनले

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग