सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा चालकको मृत्यु « Khabarhub

सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा चालकको मृत्यु


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- सिन्धुलीमा यात्रुवाहक माईक्रोबस दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन्।

आज (आइतवार) बिहान झापाबाट काठमाडौं जादैं गरेको बा४ ख ६९६ नम्बरको माइक्रोबस कमलामाई नगरपालिका–२ ढुंग्रेभञ्याङस्थित भद्रकाली मन्दिर नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा माइक्रोबसका चालक काठमाडौं महानगरपालिका–११ काँडाघारीका मोहन महर्जनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका १० जनाको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ। विहान सवा सात बजे ढुंग्रेभञ्याङ स्थत भद्रकाली मन्दिर नजिक पुगेको माइक्रोबस बाक्लो हुस्सु लागेकाले अध्यारो हुदाँ दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ९ : ३७ बजे

राम्जाको गाउँदेखि काठमाडौँसम्म : सपनाको यात्रा तय गर्दै गायिका दीपिका पौडेल

‘तिमी राम्रो गाउँछौ, नाच्न पनि जान्दछौ।’यो एउटा सामान्य वाक्य जस्तो

४० वर्षदेखिको उद्योग बक्यौता उठ्न थाल्यो, ५१ करोडभन्दा बढी असुल

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि ४०

रोल्पाको थबाङमा पहिरो: तीन जनाको मृत्यु, दुई घाइते र नाै जना बेपत्ता

रोल्पा – रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका ४४

‘युवा पुस्ताले चाहेको परिवर्तन प्रविधि, उद्यमशीलता र अवसर हो’

चितवन– चितवनका युवाले उद्यमशीलतालाई राजनीतिसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।