'बल्ने ढुंगा' किन्ने लोभमा गुरुङको ५० लाख लुटिएपछि... | Khabarhub Khabarhub

‘बल्ने ढुंगा’ किन्ने लोभमा गुरुङको ५० लाख लुटिएपछि…


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक जना पूर्व सैनिक काठमाडौंको काभ्रेस्थलीमा लुटिएका छन् । उनको साथमा रहेको ५० लाख लुटपाट भएको हो । नेपाली सेनाका अवकाश प्राप्त सुबेदार बच्चुराम गुरुङ लुटपाटमा परेका हुन् ।

प्रहरीका अनुसार उनी ‘बल्ने ढुंगा’ किन्नका लागि काभ्रेस्थलीको जंगलमा पुगेका थिए । गत शुक्रवार उनी उक्त ढुंगा किन्नका लागि गएका थिए ।

साथीहरुले बल्ने ढुंगा किन्दा पछि एक करोड भन्दा महंगोमा बेच्न पाइन्छ भन्ने सुनाएपछि उनी पैसा बोकेर बल्ने ढुंगा बेच्ने मानिसलाई भेट्न त्यहाँ गएका थिए । तर त्यहाँ भेला भएका लुटेराको समूहले उनीसँग भएको ५० लाख लुटपाट गरेका थिए ।

लुटपाटमा संलग्न ६ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुलबहादुर थापाले बताए ।

गुरुङले भने आफूलाई जग्गाको बैना गर्न बोलाएर लुटपाट गरिएको प्रहरीलाई बताएका छन् । लुटपाटमा संलग्न अन्य पनि जग्गा प्लटिङमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गुरुङसँग साथमै गएका साथी पनि लुटपाटमा संलग्न भएको पाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुबाट प्रहरीले १९ लाख रुपैयाँ नगद र दुईओटा मोटरसाईकल बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ११ : ०१ बजे

नयाँ अन्तरिम सरकार गठन गरेर निर्वाचनमा जानुपर्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष, पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद

जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल कमजोर भएको छः गभर्नर पौडेल

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले गत

रवि लामिछानेसँग आयोगले लियो ६ घण्टा बढी बयान

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग जाँचबुझ आयोगले

ढाकामा हुने एसियन आर्चरी च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको विदाइ

काठमाडौं – नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार

झापा महिला गोल्डकपः घरेलु टोलीमाथि सङ्कटाको फराकिलो जीत

झापा – शिवसताक्षीस्थित दूधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप