'बल्ने ढुंगा' किन्ने लोभमा गुरुङको ५० लाख लुटिएपछि... | Khabarhub Khabarhub

‘बल्ने ढुंगा’ किन्ने लोभमा गुरुङको ५० लाख लुटिएपछि…


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक जना पूर्व सैनिक काठमाडौंको काभ्रेस्थलीमा लुटिएका छन् । उनको साथमा रहेको ५० लाख लुटपाट भएको हो । नेपाली सेनाका अवकाश प्राप्त सुबेदार बच्चुराम गुरुङ लुटपाटमा परेका हुन् ।

प्रहरीका अनुसार उनी ‘बल्ने ढुंगा’ किन्नका लागि काभ्रेस्थलीको जंगलमा पुगेका थिए । गत शुक्रवार उनी उक्त ढुंगा किन्नका लागि गएका थिए ।

साथीहरुले बल्ने ढुंगा किन्दा पछि एक करोड भन्दा महंगोमा बेच्न पाइन्छ भन्ने सुनाएपछि उनी पैसा बोकेर बल्ने ढुंगा बेच्ने मानिसलाई भेट्न त्यहाँ गएका थिए । तर त्यहाँ भेला भएका लुटेराको समूहले उनीसँग भएको ५० लाख लुटपाट गरेका थिए ।

लुटपाटमा संलग्न ६ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुलबहादुर थापाले बताए ।

गुरुङले भने आफूलाई जग्गाको बैना गर्न बोलाएर लुटपाट गरिएको प्रहरीलाई बताएका छन् । लुटपाटमा संलग्न अन्य पनि जग्गा प्लटिङमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गुरुङसँग साथमै गएका साथी पनि लुटपाटमा संलग्न भएको पाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुबाट प्रहरीले १९ लाख रुपैयाँ नगद र दुईओटा मोटरसाईकल बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ११ : ०१ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष