‘बल्ने ढुंगा’ किन्ने लोभमा गुरुङको ५० लाख लुटिएपछि… « Khabarhub

‘बल्ने ढुंगा’ किन्ने लोभमा गुरुङको ५० लाख लुटिएपछि…


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक जना पूर्व सैनिक काठमाडौंको काभ्रेस्थलीमा लुटिएका छन् । उनको साथमा रहेको ५० लाख लुटपाट भएको हो । नेपाली सेनाका अवकाश प्राप्त सुबेदार बच्चुराम गुरुङ लुटपाटमा परेका हुन् ।

प्रहरीका अनुसार उनी ‘बल्ने ढुंगा’ किन्नका लागि काभ्रेस्थलीको जंगलमा पुगेका थिए । गत शुक्रवार उनी उक्त ढुंगा किन्नका लागि गएका थिए ।

साथीहरुले बल्ने ढुंगा किन्दा पछि एक करोड भन्दा महंगोमा बेच्न पाइन्छ भन्ने सुनाएपछि उनी पैसा बोकेर बल्ने ढुंगा बेच्ने मानिसलाई भेट्न त्यहाँ गएका थिए । तर त्यहाँ भेला भएका लुटेराको समूहले उनीसँग भएको ५० लाख लुटपाट गरेका थिए ।

लुटपाटमा संलग्न ६ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुलबहादुर थापाले बताए ।

गुरुङले भने आफूलाई जग्गाको बैना गर्न बोलाएर लुटपाट गरिएको प्रहरीलाई बताएका छन् । लुटपाटमा संलग्न अन्य पनि जग्गा प्लटिङमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गुरुङसँग साथमै गएका साथी पनि लुटपाटमा संलग्न भएको पाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुबाट प्रहरीले १९ लाख रुपैयाँ नगद र दुईओटा मोटरसाईकल बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ११ : ०१ बजे

कांग्रेस महाधिवेशनमा उम्मेदवारी शुल्क : वडा सदस्यलाई ५००, केन्द्रीय सभापतिलाई ४० हजार रूपैयाँ

काठमाडौं – नेपाली कांग्रेसले आगामी १५औं महाधिवेशनका लागि तल्लो निकाय

जलवायु चुनौतीको समाधानमा साझा संकल्प आवश्यक : मन्त्री चौधरी

मुस्ताङ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु चुनौतीको समाधानका

शर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता हुँदैन : इरान 

तेहरान- इरानले आफ्ना शर्त पूरा नभएसम्म संयुक्त राज्य अमेरिकासँग कुनै पनि

ट्रम्पको आग्रहपछि युक्रेनका ऊर्जा केन्द्रमा आक्रमण रोक्ने रूसको संकेत

किएभ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षलाई  संयमता अपनाउन आह्वान

बाढी पीडितिबारे रास्वपाकै सांसद भन्छन् : सरकारले के गर्छ ? कहाँ जान्छ ? के भन्छ ? हेर्न बाँकी छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहराले भदौ १०