सभामुखमा सापकोटाको चयन उपयुक्त रहेछ भन्ने निष्कर्षमा पुगें– नेम्वाङ « Khabarhub

सभामुखमा सापकोटाको चयन उपयुक्त रहेछ भन्ने निष्कर्षमा पुगें– नेम्वाङ


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभाको सभामुखमा आफूहरुले उपयुक्त पात्र चयन गरेको दाबी गरेका छन् ।

प्रतिनिधिसभाका सांसद अग्नि प्रसाद सापकोटालाई सभामुख चयन गरियोस् भन्ने प्रस्ताव आइतवार संसदमा राख्दै उपनेता नेम्वाङले सापकोटाको विकल्पमा अन्य कसैको उम्मेदवारी नपरेकाले उपयुक्त पात्र चयनलाई पुष्टि गरेको बताए ।

जेष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकमा नेता नेम्वाङले भने,‘ हाम्रो चयन उपयुक्त रहेछ भन्ने निष्कर्षमा पुगेको छु । किनकी सभामुख चयनका लागि हामीले प्रस्ताव गरिरहेको यो क्षणमा संसदका कसैले पनि उहाँको विकल्पमा अर्को प्रस्ताव सार्नु भएको छैन यो सौभाग्य र संयोगको कुरा हो ।’

संसदमा सबैलाई मिलाएर लैजाने जिम्मेवारी अग्नि सापकोटाबाट बहन हुन्छ भन्ने विश्वासका साथ सापकोटालाई सभामुखका रुपमा प्रस्ताव गरेको उनले बताए ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ३ : ४७ बजे

उपत्यकामा हावाहुरीसँगै वर्षा (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा सोमबार हावाहुरीसहित वर्षा भएको छ । अचानक

यी हुन् ६ वटा दलका ११० जना समानुपातिक सांसद

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न ६ वटा दलबाट

पहिलो ‘ट्रान्सजेन्डर महिला सांसद’ भूमिकालाई सम्मान

काठमाडौं– ब्लु डाइमण्ड सोसाइटीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको तर्फबाट

८ महिनामा आयो ४० अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता

काठमाडौं– चालु आर्थिक वर्षको ८ महिना अर्थात् फागुन मसान्तसम्म नेपालमा

सांसदहरूलाई रास्वपाको अभिमुखीकरण, होटलमा नाता र साथी लान नपाइने, फोटो खिच्न पनि निषेध

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका