प्रदेश २ को स्थायी राजधानी जनकधपुरधाम तोक्ने सहमति, नाम बारे भोलि छलफल हुने « Khabarhub

प्रदेश २ को स्थायी राजधानी जनकधपुरधाम तोक्ने सहमति, नाम बारे भोलि छलफल हुने


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- प्रदेश २ को स्थायी राजधानी जनकधपुरधाम नै रहने विषयमा सहमति भएको छ ।

प्रदेशसभाका सभामुख सरोजकुमार यादव नेतृत्वमा रहेको विशेष संसदीय समितिले प्रदेशको स्थायी राजधानीबारे सहमति जुटाएको हो ।

सभामुख यादवले भने, ‘संसदीय प्रक्रिया पूरा हुन बाँकी छ, सवै दलको रहमतिमा राजधानी जनकपुरधाम तोक्ने काम भयो ।’

राजधानी तोक्ने विषयमा सवै राजनीतिक दल एकजुट भए पनि संसदीय प्रक्रिया अनुसार प्रदेशसभामा मतदान गर्नैपर्ने व्यवस्था रहेको उनले बताए ।

गत भदौ ५ गते दलहरुले प्रदेशको स्थायी राजधानीका लागि चार वटा फरक फरक प्रस्ताव दर्ता गरेका थिए । सत्तासिन समाजवादी र राजपाले संयुक्त रुपमा प्रस्ताव दर्ता गराउँदा राजधानी जनकपुरधाम मिथिला माध्यमिकी परिक्रमा सडक र धनुषाको उत्तरमा ढल्केबर पूर्वपश्चिम राजमार्गको पूर्वमा कमला नदी र दक्षिणमा नेपालको सिमासम्मको भागलाई राजधानी तोक्न प्रस्ताव गरेको थियो ।

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले जनकपुर परिक्रमा मार्गसहित धनुषा जिल्लालाई राजधानी बनाउन प्रस्ताव गर्दा नेपाली कांग्रेसले जनकपुर उपमहानगरपालिकाभित्र राख्नुपर्ने प्रस्ताव गरेको छ । यस्तै पर्साका प्रदेशसभा सदस्यहरुले भने वीरगञ्जलाई राजधानी बनाउनुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका थिए ।

प्रदेशको स्थायी राजधानीबारे सहमति जुटे पनि प्रदेशको नामबारे सोमबार छलफल हुनेछ ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ८ : ०० बजे

भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

मकवानपुर– मकवानपुरको भीमफेदी गाउँपालिकाले कोदोबालीतर्फ किसानलाई आकर्षित गर्न नगद अनुदान

सिन्धुपाल्चोकमा टिपर दुर्घटना: हाम फालेका लामाको च्यापिएर मृत्यु

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरास्थित भित्री सडक खण्डमा बुधबार

खुट्टामा फुटबल, शरीरभरि आगोको दाग: आखिर को हुन् ती बालक ?

के तपाईं कल्पना गर्न सक्नुहुन्छ ? १४ महिनाको उमेरमा मृत्युको

खानेपानी व्यवस्थापन बोर्डद्वारा एक करोड ५५ लाख बक्यौता असुली

चितवन– भरतपुर खानेपानी व्यवस्थापन बोर्डले एक हजार ५०३ जना ग्राहकबाट

संरक्षणको पर्खाइमा हतुवागढीको ऐतिहासिक ‘फलाम ढुङ्गा’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–४ मा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्व