प्रदेश २ को स्थायी राजधानी जनकधपुरधाम तोक्ने सहमति, नाम बारे भोलि छलफल हुने « Khabarhub

प्रदेश २ को स्थायी राजधानी जनकधपुरधाम तोक्ने सहमति, नाम बारे भोलि छलफल हुने


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- प्रदेश २ को स्थायी राजधानी जनकधपुरधाम नै रहने विषयमा सहमति भएको छ ।

प्रदेशसभाका सभामुख सरोजकुमार यादव नेतृत्वमा रहेको विशेष संसदीय समितिले प्रदेशको स्थायी राजधानीबारे सहमति जुटाएको हो ।

सभामुख यादवले भने, ‘संसदीय प्रक्रिया पूरा हुन बाँकी छ, सवै दलको रहमतिमा राजधानी जनकपुरधाम तोक्ने काम भयो ।’

राजधानी तोक्ने विषयमा सवै राजनीतिक दल एकजुट भए पनि संसदीय प्रक्रिया अनुसार प्रदेशसभामा मतदान गर्नैपर्ने व्यवस्था रहेको उनले बताए ।

गत भदौ ५ गते दलहरुले प्रदेशको स्थायी राजधानीका लागि चार वटा फरक फरक प्रस्ताव दर्ता गरेका थिए । सत्तासिन समाजवादी र राजपाले संयुक्त रुपमा प्रस्ताव दर्ता गराउँदा राजधानी जनकपुरधाम मिथिला माध्यमिकी परिक्रमा सडक र धनुषाको उत्तरमा ढल्केबर पूर्वपश्चिम राजमार्गको पूर्वमा कमला नदी र दक्षिणमा नेपालको सिमासम्मको भागलाई राजधानी तोक्न प्रस्ताव गरेको थियो ।

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले जनकपुर परिक्रमा मार्गसहित धनुषा जिल्लालाई राजधानी बनाउन प्रस्ताव गर्दा नेपाली कांग्रेसले जनकपुर उपमहानगरपालिकाभित्र राख्नुपर्ने प्रस्ताव गरेको छ । यस्तै पर्साका प्रदेशसभा सदस्यहरुले भने वीरगञ्जलाई राजधानी बनाउनुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका थिए ।

प्रदेशको स्थायी राजधानीबारे सहमति जुटे पनि प्रदेशको नामबारे सोमबार छलफल हुनेछ ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ८ : ०० बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि