माटो सुहाउँदो समाजवादका विषयमा बहस गरौंः नेत गौतम « Khabarhub

माटो सुहाउँदो समाजवादका विषयमा बहस गरौंः नेत गौतम


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले पार्टीले कार्यकर्ताका लागि हालै जारी गरेको आचारसंहिता संस्कृति सुधारमा एक पहल भएको बताएका छन् ।

पार्टीको जनवर्गीय सङ्गठन जनसांस्कृतिक महासङ्घ नेपाल र यसका सात घटक सङ्गठनको केन्द्रीय कमिटीको शपथ कार्यक्रममा नेता गौतमले समाज रुपान्तरणको तल्लो एकाइ परिवारलाई सुधार गर्न नसक्नेले समाजलाई बदल्न नसक्ने बताए ।

उनले भने, “नेकपाले भर्खर मात्रै आचारसंहिता जारी गरेको छ, संस्कृति सुधारको यो एउटा सार्थक प्रयास हुनेछ ।” उनले नेपालको आवश्यकता र औचित्यअनुरुप वैज्ञानिक समाजवाद ल्याउनुपर्नेमा जोड दिँदै तर अन्य मुलुकको जस्तै शासन व्यवस्था यहाँ हुनुपर्छ भन्ने नरहेको स्पष्ट गरे ।

नेता गौतमले सांस्कृतिक क्रान्ति आर्थिक क्रान्तिको वाहक हो भन्दै संस्कृतिकर्मीले देश निर्माणको युगमा होमिन सघाउने खालका साहित्य सिर्जना हुनुपर्नेमा जोड दिए ।

“साम्राज्यवाद रहँदासम्म समाजवाद आउन सक्दैन”, उनले भने, “साम्राज्यवादलाई परास्त पार्दै नेपालको माटो सुहाउँदो समाजवादका विषयमा बहस गरौँ ।”

नेकपा नेतृत्वको करीब दुई तिहाइको सरकारले परिवर्तनलाई संस्थागत गर्नुपर्ने बताउँदै उनले राष्ट्रियसभाको निर्वाचनपछि नेकपाले सो सदनमा दुई तिहाइ स्थान हासिल गरेको जनाउँदै भने, “ जनताले परिवर्तनको स्वाद चाख्न पाउने गरी सरकारले काम गर्नुपर्छ । अर्को निर्वाचनमा जनताले अघिल्लो निर्वाचनको घोषणापत्र पल्टाएर प्रश्न गर्ने स्थिति सिर्जना गर्नुहुँदैन । परिणाम दिन सकेनौँ भने भयावह हुनेछ, त्यसको फाइदा प्रतिस्पर्धी दलले लिनेछ ।”

सो अवसरमा नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले क्रान्ति सम्पन्न गर्न जति कठिन हुन्छ उपलब्धि जोगाउन झनै गाह्रो हुन्छ भन्दै सांस्कृतिक रुपान्तरणका लागि धेरै कार्य गर्नुपर्नेमा जोड दिए ।

नेकपा स्थायी कमिटी सदस्य तथा संस्कृति विभागका प्रमुख मणि थापाले संस्कृतिकर्मीले गरेको कार्यलाई तल्लो तप्काका नागरिकले समेत अनुभूति गर्ने बताउँदै कलाकार र साहित्यकारको भूमिकालाई राज्यले कदर गर्नुपर्ने बताए ।

उनले प्रत्येक व्यक्तिले आफ्नो चरित्र सुधार गर्नुपर्नेमा जोड दिँदै पार्टीभित्र हावी भएको व्यक्तिवादी सोचको अन्त्य गरिनुपर्ने बताए ।

महासंघका संयोजक खगेन्द्र राई र सहसंयोजक सरल सहयात्रीले आफूहरुले सांस्कृतिक क्षेत्रबाट जनताका पक्षमा काम गर्नका लागि खबरदारी गर्ने बताए ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  १० : ३० बजे

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम – मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ

ककरोच पार्टीको आन्दोलनमा बलिउड : सलमानदेखि प्रीति जिन्टासम्म कसले के भने ?

भारतमा पछिल्ला केही सातादेखि चर्चाको केन्द्रमा रहेको ककरोच जनता पार्टीको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बाइकमा उभिएर भिडियो बनाउँदै गरेका सांसद गुप्ताको तस्बिर भाइरल

काठमाडौं– पछिल्लो समय सरकारले ट्राफिक नियम कार्यान्वयनलाई कडाइका साथ अघि

आत्मदाहको बढ्दो शृङ्खला : गहिरो संकट र राज्यप्रतिको मौन विद्रोह, रोक्न के गर्ने ?

काठमाडौँ – गत असार २५ गते त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय